अक्षरा स्कुलको दोश्रो शैक्षिक प्रदर्शनी सम्पन्न

Wednesday, February 26th, 2020

काठमाडौं :विद्यार्थीहरुलाई पढाइमा मात्र होइन ब्यावहारिक ज्ञान समेत दिनुपर्छ भन्ने मान्यतालेकाँडाघारीस्थित अक्षरा स्कुलले दोश्रो शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ ।पहिलो शैक्षिक प्रदर्शनीबाट धेरै कुराको ज्ञान शिकेपछी उक्त विद्यालयले आफ्नै दोश्रो शैक्षिक प्रदर्शनी गरेको हो ।आफ्नै प्राङ्गणमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले आफ्नो पाठ्यक्रमबाट कक्षामा सिकेका ज्ञानलाई ब्यवहारिक रुपमा अवलोकनकर्ता सामु राखेका थिए ।
कुनैपनि वस्तुको पुन उत्पादन,पुन प्रयोग र कम प्रयोगको सिद्धान्तलाई अक्षराको दोश्रो शैक्षिक प्रदर्शनीको मुख्य विषय बनाएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञानका नयाँ नयाँ आविष्कारहरु गरी त्यसको जानकारी अवलोकनकर्ताहरुलाई गराएका थिए । आफुले सिकेका नेपाली, गणित, सामाजिक लगायतका विषयका विषयगत ज्ञानलाई समेत खेलको माध्यमबाट उजागर गरेकाथिए । अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले शैक्षिक प्रदर्शनीमार्फत बाल बालिकाहरुको खोज अनुसन्धान, सहकार्य, सामुहिक कार्य, नेतृत्व विकास,सिर्जनात्मक क्षमता लगायतका सीप विकासमा टेवा पुगेको बताइन ।


विद्यार्थीहरुले आफ्नो रुची अनुसारका विषय छनौट गरी प्रदर्शनका सामाग्री निमार्ण गरेको भन्दै प्रिन्सिपल भट्टराईले कार्यक्रमका लागि शिक्षकहरुले सहजकर्ताको मात्र भुमिका निर्वाह गरेको बताइन।

अक्षरा स्कुलको शैक्षिक प्रदर्शनीमा राजधानीका १५ वटा निजी तथा सामुदायिक विद्यालयहरुबाट शिक्षक विद्यार्थीहरु अवलोकनका लागि आएको प्रिन्सीपल भट्टराईले जानकारी दिइन । फरक फरक विद्यालयबाट आएका एउटै उमेर समुहका बालवालिकाहरु र अक्षराका विद्यार्थीबीच आपसमा छलफल,अन्र्तक्रिया र सिकाईको वातावरण प्रदर्शनीमा देखिएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest