अठार वर्ष देखि सेवा दिइरहेकी छु -रचना

Monday, November 25th, 2019

रचना महर्जन शाक्य
संचालिका
साहारा ब्युटीहोम, पाटन, ललितपुर

व्यस्तता के कसो छ ?
व्यस्त त नै छु ।
कहिले देखि यो व्यवसायमा संलग्न हुनुहुन्छ ?
२०५८ साल साउन १ गते देखि ।
यति लामो समय यहि पेशामा हुनुहुन्छ, कस्तो महशुष गर्नु भएको छ ?
भर्खर एस.एल.सी सिकएको बेला समय विताउनको लागि यो पेशा गरेकी थिए, अहिले त रमाइलो लागेको छ ।
ब्युटी पार्लर व्यवसाय किन रोज्नु भयो ?
त्यति बेला मलाई दुइटा विकल्प दिइएको थियो, ब्युटीपार्लर वा बुटिक । मलाई सिलाईमा त्यति रुचि नभएकोले ब्युटीपार्लर रोजेकी ।
सुरुवातका दिनहरु कसरी सम्झनु हुन्छ ?
ती दिन सम्झदा अचम्म पर्छु, पार्लरमा आउने ग्राहकहरुले पनि यति सानीले कसरी काम गर्छिन् होला भन्ने सोच्नु हुन्थ्यो भने आँफूलाई पनि कसरी गर्ने होला ? केहि विग्रन्छ कि जस्तो लाग्थ्यो ।
ब्युटी पार्लरको तालिम कहाबाट लिनु भयो ?
नेपाल कि प्रशिद्ध ब्युटिशियन कमला श्रेष्ठ संग सिक्ने अवसर पाए, त्यसैले म चाडै नै दक्ष भए, हाम्रो टिममा पनि म फष्ट आएकी थिए ।
त्यति बेला र अहिले यो व्यवसायमा के कस्तो फरक पाउनु भएको छ ?
त्यति बेला र अहिले धेरै फरक छ । त्यति बेला कपाल काट्न र थ्रेडिङ गर्नको लागि मात्र मान्छेहरु आउने गर्दथे, अन्य मेकअप पनि हुन्छ र गर्नु पर्छ भन्ने सोच नै पलाएको थिएन, अहिले सानोतिनो पार्टीमा जादा पनि मेकअप गरेर जाने चलन चलेको छ ।

प्रतिष्पर्धा कस्तो छ ?
प्रतिष्पर्धा छ तर प्रतिष्पर्धा बढे पनि मलाइ खासै असर गरेको छैन, एक त मेरो धेरै स्थायी ग्राहकहरु हुनुहुन्छ, दोश्रो मैले धेरैको विश्वास जितेकी छु, त्यसैले वहाहरुले मलाई नै खोज्नु हुन्छ ।
साहारा ब्युटी होममा तालिम पनि लिन पाइन्छ ?
हामी कहा लेवल एक र दुई सम्मको तालिम पनि दिइन्छ, तालिम लिनेहरुलाई कामको पनि व्यवस्था रहेको छ ।
यो व्यवसाय आम्दानीको हिसावले कस्तो छ ?
अहिले निकै राम्रो छ ।
एउटा सफल ब्युटिशियन हुन के कस्ता गुण हुनु पर्छ ?
आँफू दक्ष हुनु पर्छ, आत्मविश्वास हुनुपर्छ, लगनशिलता अर्को पाटो हो ।
साहारा ब्युटीहोम के हिसावले फरक छ ?
अठार वर्ष देखिको अनुभव, गुणस्तरीय सामान उपलब्ध हुन्छ, तालिम लिनेहरु दक्ष हुन्छन्, ग्राहकको माग अनुसारको सामाग्री उपलब्ध छन् ।
शाखा खोल्ने सोच छैन ?
सोच मात्र होइन, योजना नै बनिसकेको छ, चाडै नै ललितपुरको नखिपोटमा शाखा खुल्दैछ ।
यो व्यवसायमा आउन घरपरिवारको के कस्तो सहयोग पाउनु भयो ?
घरपरिवारको सहयोगले नै मैले यो व्यवसायलाई निरन्तरता दिन सकेकी हुँ । पहिले दाजु र विहे पछि श्रीमानको सहयोग रहेको छ ।
यो व्यवसायमा आउन चाहनेलाई के सुझाव दिनु हुन्छ ?
आउनुहोस्, निकै राम्रो छ, नाम पनि, दाम पनि, सम्मान पनि ।
प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest