अण्डा पकाउने क्रममा आगो लाग्दा युवतीसहित दुई जना घाइते

Wednesday, December 23rd, 2020

जनकपुर :अण्डा पकाउने क्रममा अचानक आगलागी हुदा महोत्तरीमा जलेर दुई जना घाइते भएका छन् । बलरा नगरपालिका ६ स्थित बजारमा ठेला गाडीमा राखेर अण्डा पकाउने क्रममा बुधबार बिहान ११ बजेतिर भएको आगलागीबाट एक युवतीसहित दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले अण्डा पकाउने क्रममा अचानक ग्यास लिक भएर आगलागी हुँदा बरला नगरपालिका ६ की आरती कुमारी साह घाइते भएको बताए । उनको अनुहार, मुख, कपाल र खुट्टा उक्त आगोले जलेको छ । आरती ठेलामा राखेर उसिनेको अण्डा बिक्री गर्दै आएकी छिन् ।

आगो निभाउने क्रममा सोही ठाउँका ५५ बर्षीय चन्द्र ढकालको अनुहार जलेको छ । घाइते भएका दुबै जनालाई उपचारका लागि जनकपुर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest