अन्र्तराष्ट्रिय नारीबादी एक्यबद्धताको उत्सब, उर्लदो सय करोड २०२० को आरम्भ, संगतीग्रान्ट अवार्ड र मीतो मेमोरीयल अवार्डको घोषणा

Thursday, September 5th, 2019

दक्षिण एसियाली राष्ट्रहरुमा अधारित एक नारीवदी नेटवर्क– सङ्गतले नेपाल स्थित नगरिक समाज सङ्ठनहरुसँग मिलेर यही २०७६ सालभाद्र २१ गते शनिबारका दिन एक बृहतकार्यक्रम गर्न लगेको छ । उक्तकार्यक्रम आन्तार्राष्ट्रिय नारीवादएकता“उर्लदो सय करोड २०२०“ को सुरुवातको उत्सव मनाउनका लागि आयोजना गर्न लागिएको हो । जसले आगमी वर्षमा आउने “उर्लदो सय करोड“ को तयारी र त्यसको सुरुवातको झल्को प्रदान गर्दछ । उर्लदो सय करोड भन्नाले महिला हिंसा न्यूनिकरणका लागि चालिएको एक विश्वब्यापी अभियान हो जसले महिला हिंसा अन्त्यगर्न स्थानीय स्तरमा प्रतिकात्मक कार्य गर्नुपर्छ भन्ने आह्वान गर्दछ किनभने संसारमा प्रत्येक ३ मध्ये १ महिलाले आफ्नो जिन्दगीमा दुव्र्यवहार भोग्नु परेको तथ्याकंले देखाएको छ ।

हरेक वर्ष दक्षिण एसिया क्षेत्र माओ.बी.आर अभियानको सुरुवात भएको उत्सव मनाउने तयारी को घोषणा नेपालमा यस्तै कार्यक्रम गरी गरिने छ । यो वर्ष ललितपुरको धोबिघाटस्थित डि.ए.भि स्कूलको हलमा सो कार्यक्रम गरिदैंछ । उक्त कार्यक्रम नेपालमा रहेका नागरिक समाज संघ संस्थका प्रतिनिधिलगायत राष्ट्रिय तथा अन्तार्राष्ट्रिय विशिष्ठ व्यक्तीहरुको उपस्थितिमा गरिने छ । जसले लैंगिक समानता बर्ग र जातिय भेदभाब अनि स्वत्रन्त्राताका लागि लडाईं गर्दे आएको छ । उक्त कार्यक्रम मनाउनका लागि ५०० भन्दा बढी विभिन्न स्तर तथा निकायका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिने छ ।
यस कार्यक्रमका लागि गरिएको पत्रकार सम्मेलनमा नारीवादी कमला भासिन, रिता थापा र संगतका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त पत्रकार सम्मेलनमा संगत अनुदान पुरस्कारको व्यक्तिगत र संस्थागत बर्र्गीकरणको विजेताको घोषणा पनि गरिएको थियो । उक्त पुरस्कारको सुरुवात नेपालमा नारीवदीहरु र नगरिक संघसंस्थाहरुले नारीवादी आभा भैया र कमला भासिनद्वय संगतका संस्थापकको सम्मान स्वरुप दिन सुरुवात गरेको हो । यस कार्यक्रममा लैङ्गिक समानता, न्याय र शान्तिका लागि नेपाल लगायत दक्षिण एशियामा काम गरिरहेका महिला अभियन्ता र समुहहरुलाई सम्मान गरिने छ । नारीबादी क्षमता अभिबृद्धि कोर्सको माध्यमबाट दक्षिण एशिया भरी सुदृढ नारीबादी सञ्जाल निर्माण गरेकोमा सङ्गतलाई सम्मान गर्ने नेपाली नारीबादीहरु र नागरीक समाजका संस्थाहरुको प्रयास स्वरुप चौथो एक जना ब्यक्ति र एक वटा संस्थालाई प्रदान गरिने छ । ब्यक्तिगत बर्गमा यस बर्षको सङ्गती ग्रान्ट अवार्ड सुगभवानी पट्टी, महोत्तरीका सुनैना ठाकुरले पाउने भएका छन् । सुनैना चित्रकार हुन्, उनले मिथिला चित्रकलाको माध्यमबाट बिश्वलाई सामाजिक मुद्दाहरु जस्तै, लैङ्गिक समानता, सामाजिक समाबेशीकरण, महिलाहरु र अन्य माथि हुने हिंसाको बारेमा सन्देश दिएकी छन् । उनी एक उद्यमी पनि हुन्, धेरै ग्रामीण युवा महिलाहरुको प्रेरणा हुन् उनी । संस्थागत बिधा अन्र्तगतको अवार्ड सृजनशील महिला समाज नेपाल, काठमाण्डौंलाई दिइने भएको छ । उनीहरुले महिला केन्द्रित परियोजनाहरु मार्फत नेत्तृत्व, क्षमता अभिबृदि, सिप बिकाश, उद्यमशिलता, स्वास्थ्य र सचेतनाका कार्यहरुको लागि प्रदान गरिने छ । साथै महिला सशक्तिकरण, न्याय, मानव अधिकार र शान्तिका लागि कार्यरत प्रतिबद्ध दक्षिण एशियाली युवा महिलाहरुलाई प्रदान गरिदै आएको नवौं मीतो मेमोरीयल अवार्डको घोषणा गरिनेछ । यस बर्ष यो अवार्ड आजाद फाउन्डेसनमा किशोरी कार्यक्रममा भर्ना भएका ५० जना बालिकाहरुलाई उच्च माध्यमीक तहको अध्ययन पूरा गर्न सक्षम बनाउन प्रदान गरिने छ । यो अवार्ड मीतो भसिन मलिक जो एक नृत्याङ्गना, मानवअधिकारकर्मी र अध्येता थिइन् र अक्सफोर्ड बिश्व बिद्यालयमापि.एच. डि गर्दै गर्दा २७ बर्षको उमेरमा यस संसार छाडेर गईन्, उनैको सम्झनामा स्थापना गरिएको हो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest