अपराध बढेको होइन मिडिया शक्ति बढेको हो : माधव ढुङगेल

Monday, September 17th, 2018

नेपाल विद्यार्थी पत्रकार संघले सोमबार काठमाडौँमा आयोजना गरेको विद्यमान अपराध न्युनिकरणमा युवाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बढ्दो अपराध न्युनिकरणको लागि युवाहरुले कस्तो भुमिका खेल्न सक्छनु भन्ने विषमा गरिएको कार्यक्रममा युवा परिसद्का उपाध्यक्ष माधव ढुङगेल, गौशला प्रहरी प्रभागका डिसपी सुनिल मल्ल तथा वरिष्ठ अधिवक्ता केशरमणी अर्यालको को उपस्थिती रहेको थियो । अब सडक बाट होइन बौद्धिक तरिकाबाट अपराधको विरुद्धमा युवाहरु लाग्नुपर्ने राष्ट्रिय युवा परिषदमा उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । देशमा शान्ति र सुव्यवस्था कायम गराउन हरेक युवाहरु आप्mनो आप्mनो ठाउ बाट जागरुक हुनै पर्ने जानकारी दिनुभयो । नेपालको संविधनमा कसैलाई पनि मृत्युदण्ड दिन नमिल्ने व्यवस्था भएको र त्यसको सट्टा अपराधिलाई अपराध गर्न दुरुत्साहन गर्ने खालका कानुन बन्नु पर्नेमा जोड दिनुभयो । साथै ढुङगेलले पछिल्लो समय मिडियामा आएका घटनाले एक किसिमको अपराधिक क्रियाकलाप बढेको भन्ने देखिएको भए पनि मिडिया तथा व्यक्ति स्वयम् शक्तिशाली भएको र यो सकारात्मक पक्ष रहेको समेत बताउनु भयो ।

अहिले बलात्कार जस्ता जघन्य अपराधमा कार्वाही निकै फितलो भइरहेको भन्दै फासीको सजाय माग हुदै गरेको अवस्थामा यो नेपालमा स्वीकार्य नहुने वरिष्ठ अधिवक्ता केशरमणी अर्यालले बताउनुभयो । उहाँले अहिले समाजमा अन्यौलता रहेको भन्दै अपराधीलाई कार्वाही गर्न नसक्दा जनमानसमा सरकारप्रतिको विश्वास गुमेको बताउनुभयो ।

नेपालमा पछिल्लो समय बलात्कर, हत्या लगायता घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । यसको न्युनिकरणमा सबै युवाहरु सचेत रहनुपन हातेमालो गर्दै अघि बढ्नु पर्ने नेपाल विद्यार्थी पत्रकार संघकी अध्यक्ष कृष्ण कुमारी चौलागाईले जानकारी दिनुयो । उहाँले यो कार्यक्रमले धेरै भन्दा धेरै युवाहरु सचेहुने र समाजमा हुने अपराधीक कृयाकलाप न्युनिकरणमा सहयोग पुग्ने विश्वास आफुले लिएको बताउनुभयो । साथै यो कार्यक्रम एउटा मात्र कार्यक्रम नभएको र यसलाई अभियानको रुपमा लिएर जाने आफुहरुको सोच रहेको कार्यक्रम संयोजक भुपेन्द्र भण्डारीले बताउनु भयो ।

जुन सुकै घटनाहरु बाहिर आउदा पनि सडकमा नै जानु पर्ने अवस्था नआओस र कक्षा कोठा भित्र रहेर पनि परिवर्तन सम्भव छ भन्ने उदारहरण प्रस्तुत गर्नका लागि आफुहरुले अभियान सुरु गरेको हौँ, अर्का संयोजक राज भण्डारीले भने । साथै कार्यक्रमको संयोजनमा मनोज भट्टराई तथा विकल्प भट्टराईले गरेका थिए ।

(देउडा गायक यज्ञराज उपाध्यायको प्रेमकहानी पनि हेर्नुहोस)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest