अपांग प्रतिभा २०२० मा नौ प्रतिस्पर्धी फाइनलमा प्रवेश

Sunday, January 10th, 2021

चक्र प्रसाद पोख्रेल
काठमाडौंः   राइज एण्ड साइन क्रीएटिभ पाईभेट लिमिटेडको आयोजनामा अपांग प्रतिभा २०२० को सेमिफाइनल छनोट कार्यक्रम सम्पन्न भएको छ । अपांगता भएकाहरुमा लुकेर रहेका प्रतिभा अगाडि बढाउने उद्देश्यले गत भाद्रमा आयोजना भएको उक्त कार्यक्रमको सेमिफाइनलको छनोट सम्पन्न भएको छ। गायन , नृत्य , चित्रकला विधालाई समेटेर आयोजना गरिएको कार्यक्रममा १५ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।

गायक सिताराम पोखरेल, नन्दु कुमार राई , गङ्गा प्रसाद घिमिरे , यसै गरि नृत्यमा रोमा न्यौपाने , सागर सुमन जङ्ग र पेन्टिङमा गणेश राईका निर्णयमा १५ जना प्रतिस्पर्धी मध्ये ९ जना प्रतिस्पर्धी फाइनल प्रवेश गरेका छन् र अपांग प्रतिभा २०२० मा दुई प्रतिस्पर्धीको वाइल कार्ड प्रवेश गरि फाइनलमा प्रतिस्पर्धा गराइने समेत कार्यक्रमकि संयोजक रश्मि शाक्यले जानकारी दिएकीछन । अपांग प्रतिभा २०२० का विजेतालाई एक लाख रुपैया मुस्ताङ भ्रमण सहित म्युजिक भिडियो समेत अवसर दिइने शाक्यले जानकारी दिइन ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest