अब केही समय आस्था राउत सिक्किममै बस्ने

Sunday, January 19th, 2020

काठमाडौ‍ं :गायिका आस्था राउत अझै केही समय सिक्किममै बस्ने भएकी छन् । कार्यक्रमको सिलसिलामा सिक्किममा रहेकी आस्थाले आफू अझै केही समय त्यहीँ बस्ने बताएकी हुन् ।

उनले गत बुधबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीले आफुलाई दुर्व्यवहार गरेको भन्दै भिडियोमार्फत आक्रोश पोखेकी थिइन् । उनले पछि फेरि आवेशमा आक्रोश पोखेको बताउँदै माफी मागेकी थिइन् । घटनाको अनुसन्धानको क्रममा रहेको प्रहरीले शुक्रबार विमानस्थलको ‘सिसिटिभी फुटेज’ सार्वजनिक गरेको थियो ।

आस्थाले आफूलाई प्रहरीबाट दुर्व्यवहार भएको बताईरहेकै बखत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी रमिता श्रेष्ठले उनीविरुद्ध उजुरी दर्ता गराएकी छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest