अब छोरी जन्माउनेलाई भत्ता

Sunday, July 22nd, 2018


चक्र प्रसाद पोख्रेल
कठमाण्डौःबिराटनगर महानगरपालिकाले ‘छोरी बचाउ, ‘छोरी पढाऊ’ अभियानलाई सशक्त रुपमा अघि बढाउने भएको छ ।गर्भ परीक्षण गरेर छोरी भए फाल्ने, जन्मिसके पनि नपढाउने परिपाटीको अन्त्य गर्न यस्तो निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।महानगरपालिकाले ‘छोरी बचाउ’ योजना अन्तर्गत १९ वटै वडामा छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन भत्ता पनि वितरण गर्ने भएको छ ।
पहिलो सन्तानको रुपमा छोरी जन्माउनेलाई ३ हजार र दोस्रो सन्तानको रुपमा पनि छोरी जन्माउनेलाई थप ३ हजार गरी ६ हजार प्रोत्साहन भत्ता दिने महानगरपालिकाले जनाएको छ ।पछिल्लो समय गर्भ चेकजाँच गरी छोरा भए राख्ने र छोरी भए फाल्ने प्रचलन बढ्दै गएकाले छोरीलाई पनि जन्म दिनुपर्छ भन्ने सन्देश दिन महानगरपालिकाले यस्तो निर्णय गरेको महानगरपालिकाका सूचना अधिकारी नन्दीपकेशर भण्डारीले बताए ।
छोरी जन्माएबाफत पैसा पाउनका लागि महानगरपालिकाले मापदण्ड पनि तोकेको छ । यसका लागि आमा २० वर्ष उमेर पूरा भएको हुनुपर्ने, गर्भ बसेपछि कम्तिमा ७ पटक चेकजाँच गरेको हुनुपर्ने, स्वास्थ्य संस्थामै शिशु जन्माएको हुनुपर्ने, आमा नेपाली नागरिक हुनुपर्ने मापदण्ड तयार पारेको छ ।सूचना अधिकारी नन्दीपकेशर भण्डारीका अनुसार महानगरपालिकाले ‘छोरी बचाऊ’ योजना अन्तर्गत गत आर्थिक वर्षमा १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३, ३ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ वितरण गरिसकेको छ ।छोरी बचाउ अयिभानका लागि गत आर्थिक वर्षमा महानगरपालिकाले ६ लाख रुपैयाँ छुट्याएको थियो । यो अभियानलाई महानगरले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । महानगरमा चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।यस्तै महानगरपालिकाले ‘छोरी पढाऊ’ अभियान पहिलोपल्ट सञ्चालनमा ल्याएको छ । यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको सूचना अधिकारी भण्डारीले महिला खबरलाई बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest