अब फेसबुकमा भएको फोटो गुगलमा सार्न सकिने

Friday, December 6th, 2019

काठमाडौं – सोसल मिडिया साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि एक नयाँ टूल लिएर आएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् ।फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको हो । सन् २०२० बाट यो विश्वका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । गत वर्ष फेसबुकले घोषणा गरेको डाटा ट्रान्सफर परियोजनाकै एक हिस्साको रुपमा यो नयाँ टूलको विकास गरिएको भनाइ छ ।
फेसबुकको डाटा ट्रान्सफर प्रोजेक्टले एप्पल, गुगल, माइक्रोसफ्ट तथा ट्वीटरसँग मिलेर प्रयोगकर्तालाई आफ्ना डाटाहरुलाई विभिन्न अनलाइन सेवाहरुको बीचमा ट्रान्सफर गर्ने एक आम तरिका उपलब्ध गराउनेछ ।फेसबुकले एक ब्लग पोष्टमा लेखेको छ, ‘यो प्रोजेक्टको उद्देश्य प्रयोगकर्ताका लागि फरक(फरक तथा हरेक प्रकारका सेवाको बीचमा सुरक्षित रुपले एक सेवाबाट अर्को सेवामा डाटा ट्रान्सफर गर्नु हो । जसबाट यी सेवाहरु प्रयोग गर्नेहरुका डाटाहरु प्रसारयोग्य हुनेछन् ।’

वास्तवमा डाटा ट्रान्सफर प्रोजेक्ट एउटा ओपन सोर्स प्लाटफर्म हुनेछ । यसको सहयोगबाट अनलाइन सर्भिस प्रोभाइडर्सले आफ्नो आवश्यकताअनुसार डाटा ट्रान्सफर गर्न पाउनेछन् । फेसबुकले ब्लग पोष्टमा भनेको छ, ‘यो परियोजना ओपन सोर्स लाइब्रेरीको मद्दतबाट कुनैपनि सर्भिसका लागि उपलब्ध हुनेछ, जसले प्रयोगकर्ताको ठाउँमा सीधै डाटा ट्रान्सफर गर्न चाहन्छ । यसबाट हरेक अनलाइन सर्भिस कम्पनीहरुलाई आ(आफ्नो अलग्गै सिस्टम बनाउनु पर्ने छैन र यो ओपन सोर्स फ्रेमवर्क सबै सर्भिसले प्रयोग गर्न पाउनेछन् ।’

(एजेन्सीको सहयोगमा)

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest