अभिनेता इरफान खानको निधन

Wednesday, April 29th, 2020

एजेन्सी
काठमाण्डौ :बलिवुड अभिनेता इरफान खानको निधन भएको छ । पछिल्लो केही दिनदेखि इरफानको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।

निर्देशक शूजित सरकारले ट्वीट गर्दै इरफान खानको निधन भएको जानकारी दिएका हुन् । इरफान ५४ वर्षका थिए । मङ्गलबार अस्पतालले पनि इरफानको स्वास्थ्य अवस्था नाजुक भएको बताएको थियो । उनलाई श्वास लिन पनि अप्ठ्यारो भइरहेको अस्पतालले जनाएको थियो ।
इरफान खानले आफ्नो अभिनय कौशलका कारण बलिवुडमा छुट्टै छाप छोडेका थिए । कबूल, लन्च बक्स, पीकू, पान सिंह तोमरले छुट्टै पहिचान दियो

सन् १९८८ मा आएको मीरा नायरको फिल्म सलाम बम्बे बाट इरफानले सुरुवात गरेका थिए । पछि उनले मकबूलु,लाइफ इन अ मेट्रो द लन्च बक्स पीकू तलबार हिन्दी मिडिमय जस्ता फिल्ममा काम गरे । उनले हासिलु (नेगेटिभ रोल)लाइफ इन मेट्रोु (बेस्ट एक्टर)पान सिंह तोमर,(बेस्ट एक्टर क्रिटीक) र हिन्दी मिडियम (बेस्ट एक्टर) का लागि फिल्मफेयर अवार्ड जितेका छन् । इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित थिए । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest