अमृता लम्सालको कथा संग्रह ’हजुरआमाका कथा’सार्वजनिक

Monday, September 23rd, 2019

काठमाडौ ःअमृता लम्सालको ’हजुरआमाका कथा’ शीर्षकको किताब प्रकाशित भएको छ। राजधानिमा आयोजित एक कार्यक्रममा हजुरआमाहरूले उनको ‘हजुरआमाका कथा’ सार्वजनिक गरेका हुन्।’हजुरआमाका कथा’ किताबमा लम्सालका प्रकाशित तथा अप्रकाशित कथाहरू समेटिएका छन्।
यस संग्रहमा तेइस जना हजुरआमाका जीवन अनुभवका कथाहरु समेटिएका छन् भने तीन जना नातिनी पुस्ताका अनुभव पनि समेटिएका छन्। किताब अक्षर क्रिएशन्सबाट छापिएको हो।हजुरआमाका कथा पुस्तकलाई ’हर स्टोरी’कै श्रृंखलाका रूपमा प्रकाशन गरेको अक्षर क्रिएशन्सले जनाएको छ।प्रकाशकले ’हर स्टोरी’ अन्तर्गत पुस्तक ’टेलिङ अ टेल’ र ’स्वअस्तित्वको खोज’ शीर्षकका दुई किताब बजारमा ल्याइसकेको छ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest