अमेरिकामा यसरी मनाइयो महापर्व छठ

Friday, November 8th, 2019

काठमाण्डौ:हिन्दुहरुको महान पर्व तथा नेपालको महान पर्व छठको अवसरमा अमेरिकामा समेत भव्यताको साथ मनाइएको छ। यो लोक(पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्युयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरू द्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा यस पर्वको छठ आयोजन गरेका थिए ।
“नहाय खाय” बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजा(आजा गरेर मनाइयो। २ नोवेम्बर का दिन “सँझिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र ३ नोवेम्बेर बिहान का दिन उग्दै गरेको सूर्यलाई अर्घ्य दियेर सम्पन्न भयो।
अमेरिका, नेपाल, भारत , बंगलादेश, पाकिस्तान लगायत विश्वभरि छठ पर्वमा आस्था राखने श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको थियो। छठ व्रती सिम्रौनगढ़ निवासी निर्मला सिंह र रौतहट निवासी फुला देवी पोखरीमा गयर सूरुज देवलाइ अर्घ्य दिइन । हाड़ जमाउने जाड़ोका बीच पनि करीब २०० जनाले सूर्य भगवानको दर्शन गरेका थिए।
विश्वमा नेपाली मधेसी संस्कृति र कला(पहिचानको संवर्धनका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, र छठ पर्व का संजोयक प्रशान्त साह को अगुवाईमा ५१ सदस्यीय कमिटी बनाइएको थियो। विभिन्न कार्यक्रम मार्फत नेपाली मधेशी सँस्कृतिलाई विश्व सामु चिनाउन अग्रसरताका साथै नेपाल मधेशमा हर संभव सहयोगको प्रतिबद्धताका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिका संधै साथ रही रहने कुराको जानकारी विजय चंद्रले गराए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest