अर्गानिक एग्रो फेयर चैत १६ बाट

Monday, March 26th, 2018


काठमाण्डौःकन्चनजंघा टि स्टेट एण्ड रिसर्च सेन्टरले दोस्रो आर्गानिक एग्रो फेयर २०१८को अयोजन ागर्न गइरहेको छ । पाटन दरबार स्वायरमा रहेको पाटन म्युजियम भित्र मार्चको ३० देखि अप्रिल २ अर्थात चैतको १६ गते देखि १९ गतेसम्म मेला सञ्चालन हुने छ । नेपाली अर्गानिक र हातले बनाएका उत्पादनहरुलाई प्रमोसन गर्ने उदेश्यले यो फेयरको आयोजन गर्न लागिएको यसका निर्दैशक र यस अर्गानक एग्रो फेयरकी संयोजक शान्ता बास्कोटाले जानकारी दिएकी छन् । पहिलो अर्गानिक एग्रो फेयरमा धेरै भन्दा धेरै किसानले आफ्नो अर्गानिक बस्तु र हाते उत्पादनहरुलाई सहि तरिकाले व्यापार प्रबद्र्धन गर्न सफल रहेको र उपभोक्ताले पनि यसको महत्वको बारेमा जानकारी लिन सफल भएकोले यो बर्ष पनि यसको आवश्यकतालाई ध्यानमा राखेर आयोजना गरिएको बास्कोटाले जानकारी दिइन् । यस्ता मेलाले अर्गानिक उत्पादनका बारेमा र यसको फाइदाको बारेमा सचेत बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनको बिश्वास छ । मेलामा एउटै छानामुनि बिभिन्न प्रकारका अर्गानिक बस्तुहरु र हातले बनाइएका सामाग्रीहरुका थुप्रै स्टलहरु रहने छन् ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest