अर्गानिक मेला एक लाख भन्दा बढीले अवलोकन गरे

Friday, February 7th, 2020

ललितपुरःनेपालमा अर्गानिक कृषिको बारेमा जानकारी, प्रचार प्रसार तथा प्रवर्धनका लागि आयोजना गरिएको चौथो अर्गानिक मेला सोमबार सम्पन्न भएको छ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजंघा टि स्टेट एण्ड रिसर्च सेन्टर प्रालीको संयुक्त अयोजना माघ १७ गतेदेखि २० गतेसम्म चार दिन सञ्चालन भएको अर्गानिक मेलामा करीब ५० वटा अर्गानिक बस्तुहरुको स्टाल रहेका मेला मुल आयोजक समितिका संयोजक शान्ता वाँस्कोटा कोइरालाले बताइन ।

संयोजक कोइरालाका अनुसार मेलामा स्वदेशी र बिदेशी गरी एक लाख भन्दा बढीले मेला अवलोकन गरेका छन ।ललितपुर स्थीत पाटन संग्रालय परिषरमा सञ्चानल भएको मेलामा नेपाली अर्गानिक उत्पादनहरु चिया, मह, जढीबुटी, खाद्यन्नका सामाग्री, तरकारी, थोपा सिचाई, हस्तकलाका सामाग्री, अचार र अर्गानिक सौदर्यका सामाग्रीहरुका स्टल राखिएको थियो ।

सोमबार सम्पन्न समापन समारोहका प्रमुख अतिथि पुर्व प्रधानन्यायधीश गोपाल पराजुलीले माटोको सुरक्षा नगरे अब मानिसहरुको रोगको संक्रमणमा पर्ने जोखिम बढेकाले अर्गानिक प्रविधिक नै अबको आवश्यकता भएको बताए । पराजुलीले नेपाल सरकारले अर्गानिक उत्पादन बढाउने गरी नीजीगत रुपमा नै अभियान सञ्चालन गर्नु पर्ने बताए ।

अर्गानिक एशोसिएशन नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाको सभापतित्वमा सम्पन्न समापन समारोहमा मेलाको कारोबार र अर्गानिक उत्पादनका बारेमा मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले जानकारी गराइन । मेलाको समापनका अवसरमा उत्कृष्ट स्टलको मुल्याकंन गरी पुरस्कृत समेत गरिएको थियो ।
निलम ताम्राकारको संयोजकत्वमा रेखा अर्याल र तारा बास्कोटा सदस्य रहेको मुल्याकंन समितिको निर्णयका अधारमा कंलकीको कौशी खेतीको स्टल प्रथम, बानेश्वरको अर्गानिक वल्र्डको स्टल दोस्रो र तेस्रो स्थानमा दुई वटा स्टलहरु स्मार्ट सोलार बालाजु र क्रियटिभ युनिक काठमाण्डौको स्टललाई पुरस्कृत गरिएको थियो ।
समापन समारोहमा स्टल ब्यवशायीका तर्फबाट तेजबहादुर श्रेष्ठ र अम्बिका धिताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। त्यस्तै काठमाण्डौ महानगरपालिकाका कृषि अधिकृत भवानी खतिवडा, कृषि बिशेषज्ञ डा शिव शर्मा, अर्गानिक अभियन्ता तथा महर्षी अभियानका एशियाका लागि अन्तराष्ट्रिय निर्देशक डा किन्स्ले ब्रुकले शुभकामना मन्तब्य राखेका थिए ।
मेलाको उदघाटन माघ १७ गते संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले गरेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest