अर्ब खर्चिएर यस्तो बनाइँदैछ बुटवलको दानापुर ताल

Sunday, January 12th, 2020


बुटवल :रूपन्देहीको दानापुरस्थित पोखरी कुनै समय गाईवस्तु र चराचुरुङ्गीलाई पानी खुवाउन संरक्षण गरिएको थियो । काँडे लहरा अनि अजम्बरीले ढाकिएको झाडीको बीचमा बनाइएको त्यो पोखरी अहिले १९.५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

कञ्चन गाउँपालिका(१ मा रहेको पर्ने यो ताल संरक्षणमा समयमाई सामुदायिक वन उपभोक्ता समूहले अग्रसरता देखायो र २०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले दिएको ४ लाख बजेटबाट त्यहाँसम्म पुग्ने बाटोका साथै वनभोज स्थल बनाइएको छ ।तालमा आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्न थालेपछि अब १० वर्षे गुरुयोजना बनाइएको छ । र, सिमसार क्षेत्रमा समेत सूचीकृत ताललाई नमूना पर्यटकीय स्थल बनाउन एक अर्ब रुपैयाँ खर्चिने योजना छ । तालको क्षेत्रफल विस्तार गरी २२ हेक्टर पुर्‍याएर पोखराको फेवा जस्तै ताल बनाइने वनका अध्यक्ष मिनबहादुर थापाले बताए ।

गुरुयोजनाअनुसार दानापुर तालको पर्यटकीय आकर्षणलाई बढाउन करिब १० करोड लागतमा ६० मिटर अग्लो १५ तले भ्यू टावर बनाइनेछ । भ्यू टावरको छेउमा करिब ६ करोड लागतमा दुई वटा स्वीमिङ पूलसहित सुविधासम्पन्न वाटर पार्क बन्नेछ ।तालको बीचमा आइल्यान्ड जलभूमि निर्माण गरिनेछ । भ्यू टावरको पूर्वतर्फ करिब एक हजार क्षमताको ध्यानरयोगा केन्द्र ९मेडिटेसन सेन्टर० र उत्तर(पूर्वतर्फ चिडियाखाना बनाउने योजना रहेको सामुदायिक वनका अध्यक्ष मिनबहादुर थापाले बताए ।

ताल प्रवेशका लागि आकर्षक प्रवेशद्वार, बोटानिकल गार्डेन, सेमिनार हल, खेल मैदान, संग्रहालय पनि बनाइने छ । दुईसय चार पाङ्ग्रे र एक हजार दुई पाङग्रे सवारी राख्न मिल्ने पार्किङ स्थल बनाइने छ । ताल वारपार गर्न आकाशे पुल पनि बनाइने छ ।तालको वरिपरी हरियाली वातावरणलाई यथावत राख्न वृक्षारोपण, पर्यटक तथा स्थानीयका लागि मर्निङवाक र जगिङ गर्न मिल्ने गरी अपांगमैत्री फुटट्रेक बनाउने पनि गुरुयोजनामा उल्लेख छ ।

यस्तै स्थानीयकै लगानीमा ताल नजिकका वस्तीमा होम स्टे सञ्चालन गर्ने योजना छ । ‘दानापुरलाई पोखराको प्रसिद्ध फेवा ताल जस्तै बनाउने लक्ष्य छ’(अध्यक्ष थापाले भने, ‘गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारबाट गुरुयोजनाअनुसार पुर्वाधार बनाउन वजेट अभाव हुन नदिने प्रतिवद्धता आएको छ ।’

आउँदो पाँच वर्षभित्र गुरुयोजना अनुसारका पुर्वाधारका काम पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए ।
ताल क्षेत्रमा पुरानो मन्दिर समयमाई मन्दिर पनि छ । वनको नाम यही मन्दिरको नामबाट नामाकरण गरिएको हो ।

तालको बीचमा बुद्धको मुर्ति राखिएको छ भने शिव मन्दिर बन्दैछ । तालमा हिउँदमा पानी कम हुने भएकाले कन्चन गाउँपालिका वडा नं.१ कै पहिला नदीको पानीलाई लिफ्टिङ प्रणालीबाट ल्याइने योजना बनाइएको वनका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद घर्तीमगरले बताए ।तालको प्रचार प्रचासका लागि २०६४ सालदेखि प्रत्येक वर्ष ताल महोत्सव समेत गर्ने गरिएको छ । यो वर्ष पनि माघ १५ गतेदेखि २६ गतेसम्म ताल महोत्सव गर्ने तयारी छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest