असोज महिनाको मासिक राशिफल

Wednesday, September 25th, 2019

मेष :परिवारको कारण शैक्षिकक्षेत्रमा बाधा आउने छ ,आर्थिककारोबारमा घाटाआउने छ । साना तिना यात्रा गर्नुपर्ने छ । व्यापार, व्यवसायमा नोक्सानी होला । चोटपटक हुने सम्भावना रहेको छ । समाजमा प्रतिष्ठा गुम्ने सम्भावना रहेको छ । कुराकानीमा बिवाद तथा तर्क नगर्नुमा वेशहोला । शुभ अंक ५ शुभ रङ्ग रातो, शुभ दिशा पुर्व शुभ हुनेछ ।
वृष :जागिरको योग रहेको छ । साना तिना झै झगडाहरु हुदै जानेछन, उचित निर्णयको कारण व्यापार, जग्गा जमिनको कारोवारमा फाइदा हुनेछ । परिवारले बेला बेलामा अपमान गर्नेछन् । नयाँ व्यवसायको सुरुवात गर्ने समय आएको छ । अक ं२ रङ्ग निलो दक्षिण दिशा शुभ हुनेछ ।
मिथुन :शत्रुनाश हुने छन् । सामाजिक मानसम्मान मिल्ने छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमीप्रेमीका बिचमा विवाद हुने योग रहेको छ । कामहरु प्रशस्त आएतापनि असन्तुष्टी हुनुपर्ने छ, बैदेशिक कार्यमा सफलता मिल्नेछ । शुभ अंक,७ शुभ रङ्ग रातो, पुर्वदिशा शुभ हुनेछ ।
कर्कट :कार्यमा व्यस्त हुने समय आएको छ । आटेका कामहरु सम्पन्न हुनेछन् जग्गा जमिनमा लगानी वढेर जानुका साथै पार्टनरमा कार्य नगर्नुहोला, पेटमा समस्या आउनेछ, सल्लाह दिनेले नै धोखा दिनेछन् । सन्तोषजनक परिवारिक सम्बन्ध हुने छ, शुभ अंक १, रातो रगं, पुर्व दिशा शुभ हुनेछ ।
सिंह :महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नेछ । ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं सन्तान सुख मिल्ने छ, शैक्षिक प्रगति तथा, व्यापरमा घाटा हुने योग रहेको छ । शुभ अंक ३, सेतो रगं शुभदिशा पश्चिम हुनेछ ।
कन्या :आर्थिक प्रगति, नयाँ ठाँउको यात्रा, पदोन्नतिका साथै शत्रुनाश हुने छन् । बैदेशिककार्यमा सफलता, गलत विचारका कारण कार्यमा अवरोध, सवारी दुर्घटना एवं शैक्षिकक्षेत्रमा अवरोध हुने छ । शुभ अंक ५ शुभ रंग पंहेलो, शुभदिशा पश्चिम रहेको छ ।
तुला :वैदेशिक तथा राजनीतिकक्षेत्रमा सफलता मिल्ने छ, उद्योग तथा व्यापारमा सफलता, मनमा चिन्ताले सताउने, व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन्, स्वास्थ्यमा सुधारआउने छ । दाम्पत्य जीवनमा तनावको कारण मान हानी हुनेछ । शुभ अंक ९, सेतो रंग, उत्तरदिशा शुभ हुनेछ ।
वृश्चिक :स्वस्थ्यमा केहि समस्या आउने हुुँदा खानपानमा बिचार पुराउनुमानै उचित देखिन्छ । माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुन सक्छ । यात्रा रमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभ अंक ८, शुभ रङ्ग हरियो, शुभदिशा दक्षिण हुनेछ ।
धनु :यात्रामा केहि शारीरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रा गर्नु होला, शैक्षिक क्षेत्रमा खासै रुचि देखिदैन, आर्थिक संकटबाट छुटकारा मिल्ने छ, घरपरिवारका लागि समय मिलाउनुपर्ने छ । शुभ अंक ७, शुभ रंग हल्का पहेंलो, पश्चिम शुभ दिशा हुनेछ ।
मकर:नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ । रोकिएका कामहरु बन्नेछन् ,मानसम्मान, पदप्रतिष्ठा प्रशंसा मिल्ने छ, गोपनीयतामा काम गर्नुहोला । उच्च शिक्षाको लागि बिदेश तथा शिपसिक्नको लागि यो महिना उत्तम रहेको छ । शुभ अंक २, शुभ रगं कालो, पुर्व दिशा शुभ हुनेछ ।
कुम्भ
:दाजुभाईहरुको काम गर्नुपर्नेछ, अध्यान, अध्यापनमा समय मिल्ने छैन्, सांगतिक कार्यमा व्यस्त, यात्रागर्दा सहयोग मिल्ने, धन आर्जनमा बृद्धि हुने छ । आँखामा समस्या आउने छ । शुभ अंक, ७ शुभ रङ्ग पहेलो, दिशा उत्तर शुभ हुनेछ ।
मीन :अरुले रीस गर्ने तथा अवरोध दिन सक्नेछन्, सामाजिक कार्यमा समय खर्च हुने, झुट्टा आरोप तथा अरुले मन दुःखाउने कुराहरुमात्र गर्ने छन्, व्यापार व्यवसायमा लाभ मिल्नेछ । शुभ अंक ९, शुभ रङ्ग हल्का रातो र पुर्व दिशा शुभ हुनेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest