असोज महिनाको मासिक राशिफल

Monday, October 1st, 2018

मेष    :सानातिना कुराकानीको कारण पारिवारिक कलह बढेर जाने छ, महिनाको मध्यतिर प्रेम प्रस्ताव आउने छ, व्यापारमा लाभ मिल्ने योग रहेको छ । सामाजिक कार्यबाट असन्तुष्टी हुनुका साथै, महत्वपूर्ण निर्णय दिने र अरुको मन सजिलै जित्नुहुने छ । यात्रा रमाईलो हुने तथा शिक्षाको लागि
परिश्रम गर्नु पर्ला, यो महिनाभरिका लागी शुभ अंक ६, कालो रंग, पश्चिम दिशा शुभ, ॐ चण्डिकाय नमः मन्त्र जप गर्दा शुभ तथा बस्त्र दान गर्दा राम्रो हुनेछ ।
वृष :  रुघाखोकीले सताउने हुदाँ शारिरिक आलस्य आउन सक्छ, सज्जन, इमान्दार व्यक्तिहरुसँग भेटघाट हुने एवं नयाँ कारोवारको सुरुवात हुनेछ । सवारी दुर्घटना हुने हुदाँ धर्मकर्ममा मन लागाउनु होला, घरपरिवारको लागी धेरै व्यस्त हुनुपर्ने, लाभदायिक यात्रा एवं रोकिएका कामहरु बन्दै जानेछ । साथीभाईको कारण अपजस हुनेछ । यो महिनाभरिको लागी शुभअकं १,३, हरियो रंग, पुर्वदिशा शुभ रहेको छ ।
मिथुन : आर्थिक लेनदेनको क्षेत्रमा बिवाद हुने हुँदा आफन्तसँग कारोबार नगर्नुहोला,तार्किक विचार एवं साहित्य लेखनमा रुची बढेर जान सक्छ । बेला बेलामा शंका एवं घमण्ड आउने हुँदा फाईदा भन्दा नोक्सानी बढि हुनेछ । व्यापार व्यवसायको सुरुवात हुनुका साथै यात्रा अविस्मरणीय हुने छ । वैदेशिक कार्यको सुरुवात हुनेछ । शुभअंक ३,७ सेतो रंग, पश्चिम दिशा शुभ, ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।
कर्कट :  परिश्रम गरे अनुसारको सफलता मिल्ने छैन । व्यावसायमा नोक्सानी तथा झै–झगडा हुनेछ । सन्तानको इच्छा पुरा गर्नुकासाथै अनावश्यक झमेला आइपर्ने छ । यात्रा गर्न मन लाग्ने छैन तर गर्नुपर्ने छ । टाउको तथा पेटको समस्या आउन सक्छ । रिसराग बढेर जानेछ । मावलीको तर्फबाट सहयोग मिल्नेछ । सवारी साधन खरिद गर्ने अवसर मिल्न सक्छ । यो महिनाका लागी शुभ अंक ७,९ पहेलो रंग, पुर्वदिशा शुभ ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ ।
सिंह : परिवारमा विवाद तथा मानसम्मानमा चोट पुग्ने कार्य हुनेछ । स्वास्थ्यमा समस्या तथा अध्ययन अध्यापनमा रुचि आउनेछ । आर्थिक उन्नति हुनेछ । यात्रामा कठिन हुनुका साथै विनाकारण सजायमा पर्नुहोला । बैदेशिक कार्यमा सफलता मिल्नेछ । छिमेकीको सहयोगमा रोकिएको काम बन्ने छ । पिशाव सम्बन्धी समस्या आउन सक्छ । यो महिनाका लागी शुभ अंक ५,७ उत्तर दिशा तथा ॐ विश्वरुपाय नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा शुभ हुनेछ ।
कन्या :  स्वास्थ्यमा केही समस्या आउने छ । धार्मिकस्थलको यात्रा गर्न मन लाग्ने छ । स्मरणशक्तिमा कमी आउने छ, सवारी साधनबाट होसियार रहनुहोला, शैक्षिक क्षेत्र र व्यापार क्षेत्र राम्रो रहेको छ । प्रेम प्रस्ताव आउन सक्छ । जग्गा जमिनको कारोबारमा फाईदा मिल्नेछ । दाजुभाईको लागी धेरै दौडधुप गर्नुपर्ला । यो महिनाका लागी शुभ अंक २, हल्का कालो रंग, पूर्वदिशा शुभ, ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ ।
तुला : वैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ, कृषि तथा पशुचौपायाबाट लाभ मिल्नेछ, शत्रुहरु सक्रिय रहने छन् । ठुलै संघर्ष गरेर मात्र कार्यमा सफलता हुनेछ । बेला बेलामा असन्तोष एवं यात्रामा आर्थिक हानी हुनेछ, अर्काको अधिनमा काम गर्नु पर्ने अवस्था आउन सक्छ । यो महिनाका लागी शुभ अंक ७ सेतो रंग, पश्चिमदिशा शुभ ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ र धातु दान गर्दा राम्रो हुनेछ ।
वृश्चिक : शैक्षिक पेशाकर्मीका लागी समय उचित रहेकोछ । आत्मबल कम्जोर हुने परिस्थिति आउला, स्वास्थ्यमा समस्या आइरहने छ । पारिवारिक कलह बिचबिचमा आउन सक्छ । अनावश्यक कार्यमा समय जाने हुँदा ध्यान दिएर काम गर्नु होला । रमाईलो तथा उपलब्धिमुलक बैदेशिक यात्रा हुनेछ । शुभ अंग, ५ रंग मिश्रित, शुभ दिशा दक्षिण, ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा कालो बस्त्र दान गर्दा प्रगती हुनेछ ।
धनु : शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ, पारिवारिक कलहले सताउने छ । सन्तान सुख तथा श्रीमान् श्रीमती बिच मतभेद हुन सक्छ । मित्रहरुबाट विश्वासघात हुनेछ, स्वास्थ्यमा सुधार हुने देखिन्छ भने ससुरालीको तर्फबाट अपमान हुने सम्भावना रहेकोछ । सीपमूलक काममा भने प्रगती हुनेछ । यो महिनाका लागी शुभ सेतो रंग, दक्षिण दिशा शुभ, ॐ कं्री कं्री कं्री स्वाहः मन्त्र जप एवं हरियो बस्त्र दान गर्दा राम्रो हुनेछ ।
मकर  : सवारी साधन किनबेच हुनेछ, रमाइलो यात्रा गर्नुका साथै परिवारबाट नै अपमान तथा बिरोधहरु आउने हुँदा सजग रहनुहोला । सामाजिक कार्यमा समय खर्च भएर जान सक्छ । चोटपटकको भय हुने तथा साथीभाइसँग विवाद हुनेछ । आमा बुवाको चिन्ता तथा स्वास्थ्यमा समस्या देखा पर्ने हुँदा जिम्मेवारीको काम आउन सक्छ । यो महिनाका लागी शुभ अकं १, रातो रंग, पुर्व दिशा शुभ ॐ गं गणपतये नमः मन्त्र जप गर्दा राम्रो हुनेछ ।
कुम्भ :  बेला बेलामा घरेलु समस्याले सताउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने तथा जिम्मेवारीका कामहरु आउनेछन् । परिवारको लागी यात्रा गर्नुपर्ने छ । सरकारी कामकाज मिल्ने योग रहेको छ । आर्थिक प्रगती तथा उपहार मिल्ने योग रहेको छ । धार्मिक काममा व्यस्त तथा सामाजिक क्षेत्रबाट अपमान हुनेछ । शुभ अंक ५, सेतो रंग, उत्तर दिशा शुभ, ॐ शं शक्तये नमः मन्त्र जप गर्दा राम्रो हुनेछ भने निलो बस्त्र दान गर्दा प्रगती हुनेछ ।
मीन : अप्रिय घटना हुने डरको कारण स्वास्थ्यमा समस्या आउन सक्छ । विदेशको यात्रा हुनेछ, दैनिक व्यस्त तर विनाअर्र्थको हुनेछ । आफन्त नै शत्रु हुनेछन् । अधुरा कार्य सम्पन्न हुनेछ , परिवारको चिन्ता लाग्ने छ, विदेशको यात्रा तथा मान सम्मान मिल्नेछ । आर्थिक नोक्सानी हुनेछ । छिमेकीले सहयोग भन्दा दुःख दिनेछन् । यो महिनाका लागी शुभ अंक २, सेतो रंग, दक्षिण दिशा शुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।

(साप्ताहिक राशिफलका लागि यो भिडियो हेर्नुहोस )

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest