अस्ताए कला क्षेत्रका दुई हस्ती

Monday, December 16th, 2019

काठमाडौं :बितेको दुई दिनमा देशले दुई जना चर्चितकलाकार गुमाएको छ । कलाकार दीपक क्षत्रीको निधन भएको भोलिपल्ट अर्का कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको पनि निधन भएको छ ।

कलाकार क्षत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।
उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको अभिनयरहेको छ ।

हिजो अर्का चर्चीत कलाकार अर्थात चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केशव भट्टराईको निधन भएको हो ।

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ ।

भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए। करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको बीचमा दुई प्रतिभावान कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले ट्वीटरमार्फत दुबै कलाकारप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest