आईसीयूमा उपचाररत कोरोना संक्रमित सम्पर्क विहिन

Sunday, December 27th, 2020

बुटवल : बुटवलको कोरोना विशेष अस्पतालबाट आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष भागेका छन् ।बुटवल १३ का ५५ वर्षीया पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेका हुन् । आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित अस्पतालका कर्मचारीकै अगाडि उनी भागेर सम्पर्कविहीन भएका छन् ।

गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा उपचार गराइरहेका थिए । ‘अस्पतालबाट नजिकैको जंगल हुँदै भागेर तिलोत्तमाको जानकीनगरस्थित पौवा होटेलमा पुगेर जाडो भयो भन्दै कफी खाएका रहेछन्,’ अस्पतालका प्रवक्ता डा.गौतमले भने, ‘होटेलमा रहेका बेला अस्पतालले फोन सम्पर्क गर्दा रिसिभ भएको र उनको परिवारलाई पनि यो कुरा जानकारी गराएको छ ।’

त्यस लगत्तै उनको मोबाइल स्वीच्ड अफ भएको प्रवक्ता गौतमले बताए । ती पुरुषले मानसिक रोगको औषधिसमेत सेवन गर्दै आएको खुलेको अस्पतालका प्रवक्ता गौतमले बताए ।उनले शनिबार साँझ नै आफूलाई ठीक भएको भन्दै घर जान दिन आग्रह गरेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest