आचार्य प्रभाको गीत संग्रह मायाको नाकावन्दी सार्वजनिक

Sunday, September 1st, 2019


हरिराम पौडेल
काठमाडौं । गीत तथा साहित्यका अन्य विधामा कलम चलाउँदै आएकी गीतकार आचार्य प्रभाको गीत संग्रह ‘मायाको नाकाबन्दी’ काठमाण्डौमा एक भव्य समारोहको विच सार्वजनिक भएको छ । वरिष्ठ गीतकार रत्नशमशेर थापा, दिनेश अधिकारी, राजेन्द्र थापालगायतले संयुक्तरुपमा उक्त गीत संंग्रह सार्वजनिक गरे ।


कार्यक्रमका प्रमुख अतिथि रत्नशमशेर थापाले राम्रो गीत सिर्जना गर्न कठिन हुने चर्चा गर्दै गीतकार आचार्य प्रभालाई शुभकामना दिए । गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरी, दिनेश अधिकारी, राजेन्द्र थापा, प्रकाश सायमी, आचार्य प्रभालगायतले आफ्नो मन्तव्य राखेका थिए ।


गजल र गीत लेखनमा लामो समयदेखि सक्रिय आचार्य प्रभाको यस अघि गजल संग्रह र कविता संग्रह प्रकाशित छन् भने केही गीति एलबम पनि बजारमा आइसकेको छ ।
राष्ट्रियगान बाट शुभारम्भ गरिएको उक्त लोकार्पण कार्यक्रममा चर्चित गीतकार तथा उपन्यासकार शुशिला पौडेलले उद्घोषण गरेकी थिइन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest