आजबाट नेपाली चलचित्र हलमा ‘रोज’ र ‘रामकहानी’

Friday, September 7th, 2018


चक्र प्रसाद पोख्रेल,
काठमाडौं :– आज शुक्रबार यस वर्षका प्रतिक्षीत चलचित्र ‘रोज’ र ‘रामकहानी’ प्रदर्शनमा आएका छन् । प्रदीप खड्का अभिनित चलचित्र ’रोज’ र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ’रामकहानी’ प्रदर्शनमा आएका हुन् । यी दुवै चलचित्रले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

पूजा र प्रदीपले एक अर्कालाई प्रतिस्प्रधाको भावनाले दुई चलचित्रको भिडन्त भएको धेरैको बुझाइ छ । हुन त प्रदीप र पूजा दुवैको राम्रो फ्यान फलोइंग भएको पाइन्छ ।मल्टिप्लेक्सलाई आधार मान्ने हो भने ‘रामकहानी’ भन्दा ’रोज’नै अगाडि रहेको बुझिएको छ । यता ‘सिंगल स्कृन’ भने दुवैले बराबरी ठाउ पाएका छन् ।

’रामकहानी’ लभस्टोरी तथा कमेडी चलचित्र हो भने यसमा पूजा शर्मा र आकाश श्रेष्ठले जोडीका रुपमा रोमान्स गरेका छन् । चलचित्रमा हाँस्यकलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झालगायतको समेत अभिनय हेर्न सकिन्छ । यता नीरक पौडेल निर्दे्शित चलचित्र ’रोज’ भने लभस्टोरी सँगै क्राइम थ्रीलर चलचित्र हो । ’रोज’ मा प्रदीप खड्का, परमिता आरएल राणा र मिरुना मगरलगायतका कलाकार हरुले अभिनय गरेका छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest