आज इन्द्रजात्रा मनाइँदै विदेशबाट ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना सहभागी हुने

Friday, September 13th, 2019


चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःभाद्र शुक्ल चतुर्दशीका दिन काठमाण्डौ उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरमा मुख्यगरी मनाइने इन्द्रजात्रा पर्व आज मनाइदैंछ।हाल यो पर्व धुलिखेल, दोलखा लगायत ठाउँमा पनि मनाइन्छ ।भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ ।शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको किंवदन्ती छ । इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।  

इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न शहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाण्डौ महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको थियो ।इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन पहिलो पटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागि गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यको भनाइ छ ।

नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ र्पुयाउन पनि उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको उनले बताए । आज विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराइ काठमाण्डौ उपत्यकाको सम्पदाहरुको पनि अवलोकन गराउने काठमाण्डौ महानगरपालिकाको योजना छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest