आज चिकित्सा शिक्षा बिधेयक पास

Friday, January 25th, 2019

११ माघ काठमाण्डौः प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीचमा आज संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । लगातार कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्ण बहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजका थिए तर पनि मर्यादापालकले रोष्टममा र्पुयाए । रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा हात हल्लाए र सत्तारुढ सांसदहरुले ढ्याप ढ्याप गरे । मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियो भन्ने प्रस्ताव पेश गरेका थिए । विपक्षी नाराबाजी गरिरहेका थिए भने सत्तारुढ दल रोष्टममा जान सक्ने अवस्था थिएन । त्यसैले कसैले पनि छलफलमा भाग लिएनन् । लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो । त्यतिन्जेल मन्त्री रोष्टममै बसेका थिए ।

सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश भयो । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका र होहल्ला गरेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest