आज डिस्चार्ज भएका कैलालीका एक युवक सहित नेपालमा ४ जनालाई निको भयो कोरोना :२७ जना उपचाररत

Sunday, April 19th, 2020

चक्र प्रसाद पोख्रेल

काठमाडौं :विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट निको हुने नेपालीको संख्या ४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार चार जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक आज डिस्चार्ज भएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

यसअघि शनिबार मात्र २ जना डिस्चार्ज भएका थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती शनिबार डिस्चार्ज भइन् । उता बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीया महिला पनि हिजो नै डिस्चार्ज भएकी थिइन् । एक जना भने यस अघि नै डिस्चार्ज भइसकेका छन् ।आज सम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेकोमा २७ जना विभिन्न जिल्लामा उपचाररत छन् ।

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest