आज दशैको आठौं दिन महाअष्टमीः शक्ति पीठहरुमा बलि चढाइँदै

Wednesday, October 17th, 2018

 

चक्र प्रसाद पोख्रेल,
काठमाडौं ः घटस्थापनाबाट शुरु भएको दशै हिजो फुलपातीबाट दशैको महत्वपूर्ण दिन शुरु भएको छ ।आज नवरात्रको आठौं दिन हो । आजको दिनलाई महाअष्टमी भन्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिन्छ ।महागौरीको पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । माहागौरी माता दूर्गाको आठौं शक्तिको नाम हो ।
महागौरीको पूजा गर्नाले सबै पापबाट मुक्ति मिल्ने विश्वास हिन्दू सम्प्रदायमा छ । महागौरीले देवी पार्वतीका रुपमा भगवान शिवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन ।महाअष्टमीको दिन महिलाले आफ्नो पतिव्रतका लागि महागौरीलाई बस्त्र चढाउँछन । देवी महागौरीको पूजाविधि विभिन्न समुदाय अनुसार फरक(फरक हुने गर्छ ।अष्टमीको दिन महागौरीलाई बली दिइन्छ ।महागौरीलाई बलि दिएपछि मात्रै घर घरमा दशैंको रौनक शुरु हुन्छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest