आज देशका ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना

Tuesday, January 12th, 2021

काठमाडौंः अहिले नेपालको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो प्रदेश १, २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै यी चार प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ भने देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
वर्षासँगै देशका विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest