आज पनि घट्यो सुनको भाउ

Thursday, January 28th, 2021


काठमाडौं :आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन आज प्रतितोला १ सयले घटेको हो । आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो ।
गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो । विहिबार सुनको मूल्य ६ सयले बढेको थियो । यस्तै शुक्रबार २ सयले घटेको थियो ।
आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ । चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार २४५ मा कारोबार भइरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest