आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो

Monday, December 28th, 2020

काठमाण्डौ :सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ ।
आज भाउ बढेर छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेका कारण नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।यसअघि लगातार बढेको सुनको भाउ मङ्सिरको तेश्रो हप्ताबाट केही घटेको थियो । तर अहिले सुनको भाउ फेरि उकालो लागेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest