आफ्नै बाबुद्धारा छोरी बलात्कार

Saturday, September 22nd, 2018


जीवन थापा,
दाङ ःआफ्नी १३ बर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा दाङको तुलसीपुर उपमहामनगरपालिका वडा नम्बर ५ मा आज एक जना आफ्नै बाबु पक्राउ परेका छन् ।बाबुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले पक्राउ समेत गरेको छ ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा बाबुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन । उपचारका क्रममा नेपालगंज लगिएकी बालिकाको स्वास्थ्य रिपोर्टले आफ्नो बाबुले बलात्कार गरेको खुलेको हो । ती बालिकाको योनीमा घाउ लागेपछि उपचारको क्रममा यस्तो तथ्य बहिर आएको हो । बाबुलाई अहिले ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest