आमाको बारेमा के भन्छन कलाकार

Monday, April 16th, 2018

 

दिपेन्द्र प्रधानाङ्ग
अध्यक्ष, अलोहा हिमालय इन्भेष्टमेन्ट

पृथ्वीमा सबैभन्दा बहुमूल्य व्यक्ति वास्तविक ईश्वरलाई हेर्न, महसुस गर्न र भेट्न सक्ने तपाईंको आमा हो । त्यहाँ पूर्णतया वर्णन गर्न कुनै शब्दहरू छैनन् । त्यो कसैलाई हो जसले सबै बच्चालाई बलिदान गर्न पहिलो पटक बलिदान आफ्नो दिनसक्छ । उनको गर्भदेखि अहिलेसम्म त्यो एक हो जसले असामान्य रूप देखि तपाईंको हेरविचार र हरेक पल हेरचाह गर्नेछ । आज म जे छु मेरो आमाको कारण हो । आमा मेरो जीवनको पहिलो शिक्षक हो । नैतिक मूल्यहरु संग आफ्नो बच्चाहरुलाई शिक्षित गरेर समाज, समुदाय र देश परिवर्तन गर्न बल पु¥याउन आमाको अहंम भुमिका हुन्छ । म त मेरो आमा बिना पूरा छैन ।

 

करिस्मा मानन्धर, कलाकार

आमा शब्दमा नै आनन्द दिने शब्द हो । आमा जस्तो रमाइलो, निस्वार्थ माया दिने संसारमा केही पनि छैन् । संसार देखी रिस उठी रहेको बेलामा पनि एक मात्र व्यक्तिको चाहिँ माया लागि रहेको हुन्छ । ती हुन आमा । सायद आमालाई व्याख्या गरेर मिल्ने खालको शब्द शब्दकोषमा नै छैन होला ।

कुन्जना घिमिरे, हास्य कलाकार

आमाको हुन् भन्ने कुरा सायद वर्णन गरेर पनि सकिदैन होला । आमा के चाहीँ होईनन् र ? आमा सबथोक हुन् । सुख दुःख, माया प्रेम सबै चिज हुन् । एक साक्षात भगवानको अवतार पाएकी मान्छे हुन् आमा । हामी केही कुरामा आत्तियौ भने आमा र भगवानलाई सम्झिन्छौ हो त्यही भगवानको रुप धारण गरेकी व्यक्ति हुन् आमा । एउटै रगत, मुटु र जननी हुन आमा ।

 

 

प्रमोद खरेल, गायक

आमालाई त बयान गर्ने कुनै शब्द नै छैन् । आमाको बयान गर्न जरुरी पनि छैन । सिङ्गो सृष्टि र जिवनको उत्पत्ती देखी लिएर सम्पुर्णमा सहभागी हुने मान्छे । आफ्ना सन्तानको लागि मृत्यु संग लड्न पनि पछि नपर्ने मान्छे आमा हुन् ।

 

 

बिष्णु जि पाण्डे  ( माइला बा)हास्य कलाकार
एउटा सङघर्षको पहाड हुन् आमा । एक साहसी, निडर, निष्कपट,भावानात्मक व्यक्ति हुन आमा । मनमा जस्तो सुकै कालो बादल मडारिए पनि बाहिर हिमाल जस्तै मुस्कुराउने व्यक्ति हुन आमा । दुखको पहाडलाई कहिले पनि नबिर्सेने व्यक्ति हुन आमा । जस्ले कहिले पनि दुखको भारी बिसाउनै जानिन् । मेरा लागि आमा मेलै हास्ने हासो, मैले बाच्ने जिवन सुखी जिवन हो ।

 

संगिता कडरिया, प्रबन्ध निर्देशक शिखर सुज

माया भन्ने चिज कस्तो हुन्छ भनेर हामीले हाम्रो आमाबाट सिकेका हुन्छौँ र आमाको ममताबाट ती कुराहरुको महसुस गरेका हुन्छौँ । आमा ती हुन् जसले सहनशीलता, त्यागी र आत्मसम्मानका साथ बाच्न र बचाउन सिकाउछिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest