आमाद्धारा जुम्ल्याहा दुई छोरीलाई कच्ची शौचालयभित्र दिशा माडुबाइएर मारीन

Thursday, August 16th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक   महिलालेआफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन ।कमलाले कच्ची शौचालयभित्र दिशा माडुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन । कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन ।बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।
त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट जमुनालाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी जमुनालाई स्थानीयले स्थानीय अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड र्पुयाए ।तर, बुधबार साँझ उनको मृत्यु भयो ।कमलाकी आमा संयमायासँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । स्थानीयले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।
जंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर हत्या गरेको फालेको आशंका गरिएको छ ।कमला कता गइन भन्ने खुलेको छैन । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने( ‘उनको मति बिग्रिएर यस्तो कुकर्म गरेकी होलिन।’
जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन। उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन ।
तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जम्म दिइकी थिइन। उनीहरु भदौ ५ गते एक वर्ष पुग्थे ।तर, त्यसअघि नै आमाले नै उनको ज्यान लिएकी छन । प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन भने कमलाको खोजी भइरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest