आमा छोरी एउटै कक्षामा

Friday, May 18th, 2018

aamaxoriओखलढुंगा ःसुनकोशी गाउँपालिका ८ ओखलढुंगाकाकी हेमकुमारी कटवालले पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण दिएकी छन् ।
छोरीसँगै एउटै कक्षामा भर्ना भएकी ह हेमकुमारीकी छोरी १३ वर्षकी छिन् । भने हेमकुमारी ३१ वर्षकी । उनीहरु दुबै कक्षा ८ मा भर्ना भएका हुन् । स्थानीय जगत जननी आधारभुत विद्यालयमा छोरी दुर्गादेवी बस्नेतसंगै उनी पनि कक्षा ८ की विद्यार्थी हुन् । ‘पढाईलाई उमेरले छेक्दैनस भन्दै हेमकुमारी विद्यालयले सञ्चालन गरेको दोस्रो चरणको भर्ना अभियानका क्रममा भर्ना भएकी हुन् ।उनले शिक्षा नै जीवन भएकाले अब नियमित रुपमा विद्यालय जाने र आफ्नो भविष्य उज्वल बनाउने बताईन् । उनले ढिलै भएपनि शिक्षाको महत्व बुझेर विद्यालय भर्ना भएको भन्दै विद्यालयले समेत अवीर लगाएर स्वागत गरेको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest