आमा सम्मान कार्यक्रम सम्पन्न

Monday, April 16th, 2018

हरिराम पौडेल,
काठमाण्डौः

आज मातातीर्थ औसी, आमाको श्रद्धा र भक्ति अरु दिन भन्दा आज विशेष हुन्छ । आजको यो विशेष दिनमा एन.आइ.सी एकेडेमी सानोभयाङ काठमाण्डौंले आमा पुजा तथा बृद्घ आमा सम्मान कार्यत्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एन.आइ.सी एकेडेमीका विद्यार्थीहरुका हजुरआमाहरुलाई पूजा तथा सम्मान गरिएको थियो । ४५ जना आमाहरु सम्मानित उक्त कार्यक्रममा स्कुलका प्रधानाध्यापक प्रकाश रेग्मीले जेष्ठ नागरिक प्रति सम्मान, माया र सद्भाव बढाउन बृद्घ बुवा आमालाई अपहेलित भएर बृद्घाश्रम जान पर्ने परिपाटीको अन्त्य गर्न घरमा हजुरआमाको मूल्य र मान्यता बढाउन आमा भनेकी को हुन र किन जीवनमा आमाको महत्व बढी हुन्छ भन्ने विषयमा बृद्घ आमाहरु प्रति कस्तो ब्यबहार रहनु पर्छ र आजको समय हजुरआमाहरु बृद्घ आश्रम होइन घरको र मनको आश्रममा राख्नु पर्छ भन्ने कुरामा जोड दिनु भयो । बालबालिकाको मनमा माया, प्रेम र सदभाव कायम गराउन सके कुनै पनि बृद्घ आमाले बृद्घाश्रम जानु पर्दैन, काठमाण्डौंको सम्पन्न घरपरिवारको आमा बृद्घाश्रम जानुपर्ने मुख्यकारण माया ममता, सदभाव र कर्तव्य समाजिकत्वको भावना पारिवारिक जिम्मेवारीबोध जस्ता कुराको शिक्षा विद्यालय तहमा नहुनाले हो भन्ने विषयमा आजको कार्यक्रममा वहाले प्रष्ट पार्नुभयो । उक्त कार्यक्रममा आमाहरुको विशेष पुजाको संयोजन ॐकारवाण्ीका व्यवस्थापक ओम प्रकाश सुबेदीले गर्नु भएको थियो । सुबेदीले आमा भनेको जीवित देवी हुन्, हामीले जीवित देवीको पूजा गर्नु पर्छ भन्दै मातातीर्थ औंशीकको महत्व मृत आमाको नाममा दिने तर्पण,जीवित आमाको पूजा तथा सम्मान शास्त्रमा भएका कुरा आजको भड्किलो आमाको मुख हेर्ने प्रचलन आदिका बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सम्मानित आमाहरुलाई मिष्ठान्न भोजन गराई दक्षिणा दिएर विदाई गरिएको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest