आलूचाट चटपट,माछाको ग्रेभी,चाइनिज चिकन ,मटन करी गुलबर्गा रेसिपी

Friday, March 6th, 2020

आलूचाट, चटपट स्वाद झटपन खाना
सामाग्रीः
२ कप आलू उमालेर चौकोर टुक्रामा काटेको, एककप हरीयो धनियाँ, २ हरीयो खुर्सानी, ४ कलि लसुन, १ सानो टुक्रा अदुवा, एक ठूलो चम्चा कागतीको रस, एक चिया चम्चा चाट मसला पाउडर, नून स्वादअनुसार, गार्निशको लागि थोरै प्याज वा टमाटर मसिनो गरी काटेको, थोरै अनारको दाना
विधिः

हरीयो धनियाँ, हरियो खुर्सानी, नून, लसुन र अदुवालाई पिसेर चट्नी बनाउनुहोस् । यो चट्नीमा काटेको आलू, कागतीको रस र चाट मसला मिलाउनुहोस् । प्याज टमाटर र अनारको दानाले सजाएर सर्व गर्नुहोस् ।
माछाको ग्रेभी स्पेसल
सामाग्रीः
५०० ग्राम रोहू माछा फाइन टुक्रामा काटेको, एउटा प्याजको पेस्ट, १० कली लसुनको पेस्ट, अदुवाको एक ठूलो टुक्राको पेस्ट, १०–१० काजु र बदामको पेस्ट, २ ठूलो चम्चा पप्पी सिड( खसखस), १–१ ठूलो चम्चा तिल, जीरा र बदाम (भूटेको), १–१ चिया चम्चा हल्दी पाउडर, धनियाँ पाउडर र रातो खुर्सानीको धुलो, थोरै हरियो खुर्सानी (काटेको), २ चिया चम्चा गरम मसला पाउडर, १ टेवलस्पुन इमलीको पल्प, तार्नको लागि तेल, २ ठूलो चम्चा सिरका, नून स्वाद अनुशार ।
विधिः
हल्दी पाउडरमा सिरका मिलाएर माछाको मेरिनेट गरेर एक घण्टा सम्म राख्नुहोस् । खसखस, मुंगफली, काजु, बदामलाई ३ देखि ४ घण्टा भिजाएर राख्नुहोस्, पानी निथारेर पिस्नुहोस्, तेज आँचमा कराहीलाई तातो बनाएर मेरिनेट गरेको माछालाई सुनौलो हुने सम्म तार्नुहोस् र एकापटि राख्नुहोस्, बाँचेको तेलमा लसुन, अदुवाको पेस्ट र प्याजको पेस्ट राखेर सुनौलो हुनेसम्म भुट्नुहोस् । धनियाँ पाउडर, रातो खुर्सानीको पाउडर, नून, काजु बदामवाला पेस्ट राखेर भुट्नुहोस् । इमलीको पल्प राखेर गाडा हुनेसम्म पकाउनुहोस्, अब यसमा तारेको माछा राखेर दुईमिनेट सम्म पकाउनुहोस् त्यसपछि गरम मसला राखेर एक मिनेट पकाउनुहोस् । अब आँचबाट उतारेर धनियाँले सजाएर रोटी या खानाको साथमा सर्व गर्नुहोस् ।
नोटः माछा तार्र्न तेज आँचको प्रयोग गर्र्नुुपर्छ ।
चाइनिज चिकन सलाद
सामाग्रीः
चारवटा चिकेन ब्रेस्ट, २ टेवलस्पुन लाइट सोया सस्, १०० ग्राम राइस नूडल्स, तार्नको लागि तेल, एक टेवलस्पुन कद्दुकस गरेको अदुवा, १ मूठा सलादको लागि पत्ता (लेटयुस लिव्स) काटेको ।
सस्को लागिः २ टेवलस्पुन सेतो भिनेगर, आधा आधा कप तिलको तेल र लाइट सोया सस् । २ वटा हरियो प्याज मसिनो गरी काटेको, १ चिया चम्चा चिलि ओयल, बजारमा उपलब्ध नून स्वाद अनुसार ।
विधिः
राइस नूडल्सलाई तेलमा तारेर एकातिर राख्नुहोस् । तिलको तेल र सोया सस्लाई मिक्स गरेर ओभनमा पाँच मिनेट सम्म पकाउनुहोस् । यस मिश्रणलाई बचेको सबै सामाग्रीमा मिलाउनुहोस् । चिकेन ब्रेस्टलाई उमाल्नुहोस् । चिसो बनाएर चिकन ब्रेस्टबाट हड्डी निकालेर लामो लामो आकारमा काट्नुहोस् । काटेको चिकेन ब्रेस्ट र लेट्युस लिव्स मिलाउनुहोस् । सर्व गर्ने बेलामा माथीबाट तारेको राइस नूडल्स र थिचेको अदुवा राखेर सर्व गर्नुहोस् ।
मटन करी गुलबर्गा
सामाग्रीः
८०० ग्राम मटन, १६ वेवी पोटेटो बोक्रा फालेको, आधा कप घिउ, चारवटा प्याजको पेस्ट, थोरै करिपत्ता, ३ चिया चम्चा लसुनको पेस्ट, २ चिया चम्चा अदुवाको पेस्ट, ५ वटा रातो खुर्सानीको पेस्ट, २ चिया चम्चा धनियाँ पाउडर, एक एक चिया चम्चा जीरा पाउडर र हल्दी पाउडर, चारकप क्लीयर मटन स्टक, नून स्वाद अनुसार, ४ ठूलो चम्चा इम्लीको पल्प (आवश्यकता अनुशार पानी र इम्ली राखेर एक चौथाइ कप रहनेसम्म उमाल्नुहोस्), ३ देखि ४ कप नरिवलको दूधमलाई ।
विधिः
पेनमा घीउ तताएर प्याजको पेस्ट र करिपत्ता राखेर मधुरो आँचमा भुट्नुहोस्, लसुन अदुवाको पेस्ट, रातो खुर्सानीको पेस्ट, धनियाँ पाउडर, जीरा पाउडर, हल्दी पाउडर र आधा कप पानी राखेर पानी सुकुन्जेल भुट्नुहोस् । मटन राखेर तेज आँचमा पकाउनुहोस् । बीच बीचमा थोरै थोरै पानी मिलाएर रहनुहोस् । ताकि पेनमा नटासियोस् । बैबी पोटेटोज राखेर भुट्नुहोस् । मटन स्टक र नून राखेर ढाकेर विस्तारो आँचमा पकाउनुहोस् । ग्रेबीलाई गाढा बनाउनको लागि कोकोनट मिल्क मलाई राख्नुहोस् । एक मिनेट पछि आँच बाट उतर्र्नुहोस् । खानाको साथमा सर्व गनुहोस् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest