आश्रमका बालबालिकाको जन्मदर्तामा समस्या

Thursday, January 16th, 2020


काठमाडौं :नेपालमा पछील्लो समय धेरै बाल तथा वृद्ध आश्रमहरु खुलेकाछन तर ती आश्रमहरुका आ आफ्नै समस्याहरु रहेकाछन। विशेषगरी बालआश्रममा बाबु आमाको पहिचान नभएका विभिन्न बालबालिकाहरुको जन्मदर्ता तथा नागरिकताका्े समस्या झेल्न परेको छ ।
लमजुङको बेँसीसहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको मानवसेवा आश्रममा पनि तेस्तै एउटा समस्या देखिएको छ जहातीन बालबालिकाको जन्मदर्ता हुन सकेको छैन । बाबुको पहिचान नखुल्दा बालबालिकाको जन्मदर्तामा समस्या भएको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । आश्रममा दुई बालिका, एक बालक र १२ जना बेसहारा महिला–पुरुष बस्दै आएका छन् । बेसहारामध्ये १० जनाको नागरिकता छैन ।

तीन बालबालिकामध्ये एकजनालाई सोही वडामा रहेको युनिभर्सल एकेडेमीले निःशुल्क पढाइदिएको छ । त्यसका लागि नगरपालिकाले सिफारिस गरिदिएको थियो । ‘आश्रममा आइपुगेका तीन बालबालिकालाई अभिभावकसँग पुनर्मिलन गराइएका छौँ,’ अधिकारीले भनिन् ।

राज्यले दिने सुविधाबाट वञ्चित
नागरिकता नहुँदा आश्रितहरू राज्यले दिने सेवा–सुविधाबाट वञ्चित हुँदै आएका छन् । आश्रितमध्ये आठजना महिला छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले कानुनबमोजिम सनाखत र सिफारिस नहुँदा बालबालिकाको जन्मदर्ता र बेसहाराले नागरिकता पाउन नसकेको बताए । ‘बेसहारालाई आश्रममा पठाउन सिफारिस गर्ने संस्थाले जन्मदर्ता र नागरिकताको लागि पहल गर्नुपर्छ,’ खड्काले भने ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest