अनुराधा तिमिल्सिना,
काठमाण्डौ ःनेपालमा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता तथा फेसन सम्बन्धि कार्यक्रमहरु गराएर आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध नर्देशक तथा चिरपरिचित कोरियोग्राफर राज फैजु नेपालमा मात्र होइन अब अन्तराष्ट्रिय रुपमा नै परिचत बनिसकेका छन् । फैजु नेपालको फेसन तथा मोडलिङ्गलाई अन्तराष्ट्रिय रुपमा फैलाउनका लागि प्रयासरत छन् । फैजु भन्छन् नेपाली मोडलहरुलाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागि गराएर राष्ट्रको पहिचान राख्न सकिन्छ । नेपालका मोडलहरु अन्तराष्ट्रिय रुपमा नै प्रतिस्पर्धा गर्न सक्षम छन,् अलिकति राम्रो सँग ट्रेन गर्ने हो भने प्रतिस्पर्धामा खरो उत्रन सक्छन् र त्यसको लागि रेडियन्ट इभेन्ट म्यानेजमेन्टले सहयोगी भूमिका खेल्ने छ । केहि समय अगाडि फैजु भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेसन इन्डो नेपाल कल्चर एक्सचेन्ज प्रोग्रामका इन्टरनेशनल डाइरेक्टरको रुपमा समेत नियुक्त भएका छन् । जसले गर्दा अब उनको काम नेपालमा मात्रै सिमित रहेन । अन्तराष्ट्रिय डाइरेक्टर बने सँगै फेसन र मोडलिङ्गलाई अन्तराष्ट्रिय रुपमा लैजान अझ उनलाई स हज बनेको छ । निकट भविष्यमा भारतमा हुन लागेको इन्टरनेशनल प्रोग्राममा नेपाली मोडलहरुलाई प्रतिस्पर्धी बनाउने आफ्नो भिजन र मिसन रहेको बताउने फैजु भन्छन् त्यसको लागि आफ्नो कम्पनी अन्तिम तयारीमा पुगिसकेको छ । हरेक बर्ष ६ वटा भन्दा बढी इभेन्ट गर्ने रेडियन्ट इभेन्ट म्यानेजमेन्ट कम्पनी नेपालका थोरै राम्रा कम्पनी मध्येमा पर्दछ ।