इुएईमा नेपाली महिला वीच चक्कु हानाहान, एकको ज्यान गयो

Sunday, October 28th, 2018

चक्र प्रसाद पोख्रेल
काठमाण्डौ ः –युएईमा चक्कु हानाहान हुँदा एक जना नेपाली महिलाको ज्यान गएको छ भने अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन । सँगै काम गर्ने साथीहरुका अनुसार दसैँ मनाउने भन्दै पाँच नेपाली महिलाले सँगै बसेर रक्सी खाएका थिए । त्यसबेला उनीहरुबीच विवाद भएको थियो । विवाद भएको एक हप्ता पछि चक्कु हानाहान भएको हो ।
उनीहरु सारजहाँमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीका काम गर्नेहरु हुन् । उनीबीच दसैँ मनाउदा भएको विवादकै कारणले चुक्कु हानाहान भएको कम्पनीले पनि जनाएको छ ।घटनाबारे कम्पनीले नेपाली दूतावासलाई जानकारी भने गराएको छैन । ‘शनिबार सार्वजनिक विदा भएकाले कम्पनी जानकारी नगराएको होला,’ कार्यवहाक राजदूत फुयाँलले भने, ‘दूतावासले घटनाको बारेमा जानकारी लिने प्रयास गरिरहेको छ ।’
कारवाही के हुन्छ ?
युएईको कानुन अनुसार चक्कनु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ । अदालतमा मुद्धा दाएर भएपछि मृतकको परिवारले खुनको वदला खुन नै मागे मत्युदण्डको सजाय हुन्छ ।मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी नै तिर्नपर्ने हुन्छ भने आममाफी दिए माफी हुन्छ । यो कम्पनीमा एक हजार भन्दा धेरै नेपाली कार्यरत छन् । सरसफाइको कामका लागि कामदार सप्लाई गर्ने भएकाले महिला कामदारको संख्या धेरै छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest