युरोस्टार मन्टेश्वरी कोटेश्वर, गौरीघाट सगैं गोठाटारमा पनि

Sunday, February 2nd, 2020


काठमाडौं :आधुनिक, बैज्ञानिक तथा बाल मनोविज्ञानको आधारमा बालबालिकाहरुलाई खेल्दै सिक्दै गर्न प्रेरणा दिदै आएको युरोस्टार मन्टेश्वरीले कोटेश्वर, गौरीघाट हुदै आफ्नो नँया शाखा काडाघारीको गोठाटारमा समेत विस्तार गरेको छ ।
बिगत पाँच वर्षदेखि बालबालिकालाई उत्कृष्ट तथा व्यवहारिक शिक्षा दिदै आइरहेको यस मन्टेश्वरीले नानिबाबुहरुको सर्वाङ्गीण बिकासको लागि विभिन्न क्रियाकालापहरू संचालनमा ल्याएको छ । साना साना नानिबाबुहरुको लागि उपयुक्त हुने खालको बालमैत्री खेलसामाग्री, पर्याप्त खेल मैदान , स्वस्थकर तथा पौष्टिक खाना, अनुभवी एवं मन्टेश्वरी तालिमप्राप्त शिक्षिकाहरु, पारिवारिक मायालु वातावरण, अन्तर्रा्ष्ट्रिय स्तरको पाठ्यक्रममा आधारित शैक्षनिक क्रियाकलाप आदि विभिन्न कारणले युरोस्टार मन्टेश्वरी धेरै अभिभावकहरुको रोजाइमा पर्न सफल भएको छ ।
लण्डनको पाँच बर्षे बसाइमा त्यहाको शिक्षा पद्धति, शिक्षण पद्धति तथा पाठ्यक्रम को अध्ययन र त्यहाको विद्यालयको अनुभवले गर्दा आफुलाई यस क्षेत्रमा काम गर्ने हौसला मिलेको कुरा विद्यालयकी प्रिन्सिपल दीपा पाण्डे बताउछीन। अभिभावकहरुले आफ्ना कलिला छोराछोरीलाई विद्यालय पठाइसके पछि ति नानि बाबुहरुको रेखदेख, सुरक्षा , खानपिनको उचित व्यवस्थापन, असल संस्कार, असल बानिहरुको निर्माण गर्ने लगायतका सम्पूर्ण जिम्मेवारी विद्यालयले लिनुपर्ने धारणा उनको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest