उच्च रक्तश्रावले सुत्केरीको मृत्यु बच्चा सकुशल

Wednesday, March 28th, 2018

चक्र प्रसाद पोख्रेल,
हुम्ला, चैत १४ ः – हुम्लाको खार्पूनाथ गाउँपालिकामा एक महिलाको घरमैं सुत्केरी गराउँदा उच्च रक्तश्रावका कारण ज्यान गएको छ ।
खार्पूनाथ गाउँपालिका वडा नम्बर–२, स्यारेढिलका बमबहादुर छत्यायलकी २५ वर्षीय श्रीमती मुनदेवी छत्यालको सुत्केरी भएपछि साल अड्कीएर धेरै रगत बगेका कारण ज्यान गएको हो ।बुधबार राति २ बजे घरमैं सुत्केरी भएकी छत्यालको साल अड्कीएर लगातार एक घण्टासम्म उच्च रक्तश्राव हुँदा ३ बजे ज्यान गएको मृतकका आफन्तले बताएका छन् । रक्तश्राब धेरै भएपछि स्वास्थ्यकर्मीलाई बोलाइए पनि छिप्रा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी पुग्नुभन्दा पहिला नैं छत्यालको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डाक्टर रञ्जितकुमार यादवले जानकारी दिए ।
छत्यालले तेस्रो सन्तानको रुपमा छोरी जन्माउँदा उच्च रक्तश्राबका कारण ज्यान गएको हो । बच्चालाई जिल्ला अस्पताल, हुम्लामा ल्याएर चेकजाँच गर्दा बच्चा स्वस्थ रहेको र एसओएस बालग्राम सुर्खेत लैजाने तयारी भै रहेको डाक्टर यादवले बताए ।
नियमित गर्भजाँच तथा सुत्केरी गराउँदा स्वास्थ्य केन्द्रमा जानुपर्छ भन्ने ज्ञान नभएकाले पनि छत्यालको ज्यान गएको डाक्टर यादवले बताए ।थाली स्यारेडिल गाउँकी मनदेवी शाहीले नियमित चेकजाँच नेपालगञ्जमा गराए पनि सुत्केरी अवस्थामा माइती घर नल्ला गाउँमा बसेको अवस्थामा ज्यान गएको बताए । बच्चालाई तत्काल स्याहार गर्न बालगृह सुर्खेतमा बुधबार नै पठाइएको प्रमखु जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest