काठमाडौं :थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।
यसैगरी आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।
योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।
त्यस्तै मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट हालसमम ४३ हजार ७२२ जनाको परीक्षण गरीएको जनाएको छ ।