उद्यमी महिलालाई ऋणमा समस्या

Friday, September 18th, 2020

 

 


महिला उद्यमी महासंघ नेपालले अनलाइन प्रेस वैठक गरेको छ । उक्त वैठकमा कोभिड(१९) को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको महिला उद्यमीले बताएका छन् ।
कोभिड पछि व्यापार गर्ने महिलाका लागि ऋण दिने भने पनि त्यसको लागि प्रपोजल लगायतका कुरामा सामान्य उद्यमीको पहुँच नपुग्नाले समस्या भएको उद्यमी महासंघकी अध्यक्ष रिता सिंहले बताइन् । ‘ऋण लिने वातावरण सहज भए महिलाहरुलाई व्यवसायमा टिक्न सजिलो हुने थियो, उनले भनिन् ।’ कार्यक्रममा महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले सञ्चारमार्फत सकारात्मक सन्देश फैलाएर आशाको संभावना खोज्नुपर्ने बताइन् । उनले भनिन् ‘विपतमा मिडियाको भूमिका महत्वपुर्ण हुन्छ । आज हामीले बाँच्न सिकायौं भने प्रगती गर्न सक्छौं ।’

 


महासंघको हालसम्म ५० वटा जिल्ला शाखा छन् । अहिले गाउँमा बजारीकरणको समस्या भएकोले अनलाइन बजारीकरणमा तालिम दिएको संस्थाकी कार्यकारी निर्देशक अनामिका सिंह भण्डारीले बताइन् । यस्तो समयमा पनि आफुहरुले कसरी काम गर्न सकिन्छ र जिल्लासम्म कसरी उद्यमी महिला बनाउने भन्नेमा आफुहरु लागेको प्रथम उपाध्यक्ष निरु खत्रीले बताइन् ।
उद्यमशीलता विकास कोष सरकारले बनाए पनि चाहेको जस्तो सजिलो नभएको कारण व्यवहारिकतामा ध्यान दिनुपर्नेमा संस्थाकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठको भनाई रहेको छ । कर्मचारीको रोजीरोटीको लागि पनि आफुहरुले जोखिम मोलेर कोरोनाको समयमा काम गरिरहेको चतुर्थ उपाध्यक्ष हजुरी विष्टले बताइन् । महिलाले अझ कर्मचारीको संवेदना बुझेर कामबाट निकाल्न नसक्ने कारण महिलाले चलाएका व्यवसायलाई सबैले सहयोग गर्नुपर्ने उनीहरुको माग थियो । त्यस्तै सचिव बसन्ती प्रधानले आफुहरु ऋण लिन जाँदा तपाईंहरु जस्ता खान पुग्ने महिलाको लागि होइन भन्ने जवाफ पाएको बताइन् । ‘हामीले त सकेका छैनौं ऋणको प्रक्रिया पु¥याउन अझ ग्रामिण महिलालाई समस्या भएको र यसलाई सजिलो बनाउन पर्छ ।’ कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले महिला उद्यमी समय अनुसार चल्नुपर्ने बताइन्,

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest