उपन्यास ‘नथिया’ विरुद्ध प्रहरीमा उजुरी

Wednesday, February 6th, 2019

आईएनजीओले उकासेको लेखकको आरोप
२३ माघ, काठमाडौं : वादी समुदायको विषयमा लेखिएको उपन्यास ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षा विरुद्ध प्रहरीमा उजुरी परेको छ । नियतवश वादी समुदायको आत्मसम्मानमा ठेस र्पुयाउने गरी उपन्यास लेखिएकोे उजुरीकर्ताको दाबी छ ।महानगरीय प्रहरी परिसर, टेकुका एक अधिकारीका अनुसार प्रतिक्षाविरुद्ध केही दिनअघि उजुरी परेलगत्तै प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो । तर, उनी हालसम्म प्रहरी कार्यालयमा उपस्थित भएकी छैनन् ।
उजुरीमा भनिएको छ, ‘एक जना र दुई जनाको नाम मिल्नु संयोग होला । तर, ४र५ जनाकै नाम मिल्नु कसरी संयोग हुनसक्छ ? यो उपन्यासले हाम्रो समुदायलाई नै प्रत्यक्ष ठेस र्पुयाएको छ ।’उपन्यासले आफू लगायतको चरित्र हत्या गरेको र जातीय भेदभावलाई पनि प्रश्रय दिएको दाबी गर्दै लेखिकामाथि जातीय विभेद तथा छुवाछुत ऐन अन्तरगत कारबाही गर्न माग गरिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest