उसुमा जितिन् नीमा घर्ती मगरले स्वर्ण

Thursday, December 5th, 2019

काठमाडौं :१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत उसुमा नीमा घर्तीमगरले आज स्वर्ण पदक जितेकी छन् ।
उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपालले १३ औं सागमा स्वर्ण पदकको संख्या ३० पुगेको छ ।
नीमाले स्वर्ण जित्दा बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् ।सागमा नीमाले जितेको यो दोस्रो स्वर्ण हो । यसअघि १२ औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest