उसुमा सुस्मिता र विजयले दिलाए स्वर्ण

Tuesday, December 3rd, 2019

 काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा विजयले ९।४८ प्वाइन्ट बनाए । ९।३४ प्वाइन्ट जोडेका बंगलादेशका मोहम्मद ओमारले रजत जित्दा पाकिस्तानका मोहम्मद अब्दुलले काश्य जितेका छन् ।यस्तै सुस्मिताले ९र४४ अंकका साथ स्वर्ण जितेकी हुन् । श्रीलंकन खेलाडीले रजत र बंगलादेशका खेलाडीले काश्य जितेका छन् ।

सुस्मिताले अघिल्लो संस्करणमा स्वर्ण जित्न सकेके थिइनन् । ‘गेल्ड जित्छु भनेर नै मेहनत गरेको थिए । आज सफल भए । एकदमै खुसी छु’ उनले भनिन् ।एसियन गेम आफ्नो लक्ष्य भएको उनले सुनाइन् ।पोखरामा मंगलबार आयोजित दुवाथोलनमा पनि नेपालका हिमाल टमाटाले स्वर्णपदक जितेका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest