एकदिने भोकेसनल ब्यूटि सेमिनार

Monday, March 26th, 2018

अनुराधा तिमिल्सिना
काठमाण्डौ ःचैत १० गते शनिबारको दिन पारेर ललितपुरको सातदोबाटो स्थित एक पार्टी प्यालेसमा एकदिने भोकेसनल ब्युटि सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनारको आयोजक टिममा पियुर स्टाईलिस्ट पार्लर एण्ड टेनिङ् सेन्टरकी रिना अवाले, प्रोत्साहना ब्युटि पार्लर एण्ड टे्निङ सेन्टरकी रेणु शाक्य राना तथा साहारा ब्युटि होम एण्ड टेनिङ् सेन्टरकी रचाना शाक्यको टिमले क्रिएटिभ मेकअप, बव हेयर कट, होल फेस स्किन ट्रिटमेन्ट, मग हेयर कट तथा मल्टि हाईलाइटको डेमो देखाएका थिए । उक्त कार्यक्रममा तिन सय भन्दा बढि व्यूटिसियनहरुको सहभागिता रहेको थियो । केहि नयाँ कुरा दिने उदेश्यले गरिएको भोकेसनल व्यूटि समिनारमा आउने सहभागिहरुले आफुले केहि नयाँ कुरा सिकन पाएको अनुभव समेत बताए । 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest