कोरोनाबाट एकैदिन ८४ हजार ४६९ नयाँ संक्रमित, ७ हजार ९५९ को मृत्यु

Thursday, April 16th, 2020

काठमाडौं :विगत ४ महिनादेखि विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा ८४ हजार ४६९ नयाँ संक्रमित भएका छन् भने ७ हजार ९५९ जनाको मृत्यु भएको छ ।हालसम्म विश्वमा कोरोनाको संक्रमित संख्या २० लाख ८३ हजार ४८ पुगेको छ । यसबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६०३ पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख १० हजार १८७ रहेको छ ।

अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३८ हजार २५८ जना उपचार गराइरहेका छन् । जसमध्ये ५१ हजार १६० को अवस्था अत्यन्तै गम्भीर छ ।

कोरोनाको उदगम स्थल चीनको वुहान हो । हाल यो विश्वका २१० देशमा फैलिएको छ । जसमध्ये सबैभन्दा बढी संक्रमण र मानवीय क्षति अमेरिकामा भएको तथ्यांक छ । यहाँ हिजो मात्र एकैदिन २ हजार ४७० जनाको मृत्यु भएको छ भने ३० हजार १४२ नयाँ संक्रमित देखिएको बताइएको छ । हालसम्म ६ लाख ४४ हजार संक्रमित रहेको अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ ।

अमेरिका पछि इटाली, स्पेन, फ्रान्स, बेलायत, चीन बढी प्रभावित देशहरु हुन् भने नेपालमा हालसम्म १६ जना संक्रमित रहेका छन् । दैनिक रुपमा फैलिरहेको कोरोना यतिबेला मानव जातीकै अस्तीत्व समाप्त पार्ने चुनौतीका साथ अघि बढेको छ । यसले विश्वलाई नै यतिबेला चिन्तित बनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest