एमसीसी देशको हितमा छ, संसदले जसरी पनित पास गर्छ :मन्त्री गुरुङ

Sunday, January 19th, 2020

डोटी : संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङले एमसीसीमा अनावश्यक विवाद भइरहेको बताए ।
आइतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले एमसीसीबारे बहस हुनु राम्रो भए पनि अहिले देखिएको कतिपय विवाद अनुचित भएको दाबी गरे ।

‘विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ,’, मन्त्री गुरुङले भने, ‘यो प्रस्ताव संसदले सहजै अनुमोदन गर्छ ।’

नेकपाभित्रैबाट एमसीसीको विरोध भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले भने स्वार्थका कारण कतिपयले विरोध गरेको आरोप लगाए । उनले भने– एमसीसी नेपालको हितमा छ । तैपनि के स्वार्थका कारण उहाँहरू विरोध गरिरहनु भएको छ, गर्नेलाई नै सोध्नुस् ।’

फरक प्रसंगमा उनले छिट्टै डोटीको बालसुधार गृहको स्तरोन्नति गरिने बताए ।टोलीमा रहेका डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमवहादुर आले मगरले पनि बाल सुधार गृह निर्माणका लागि तत्काल पहल गरिने प्रतिबद्धता जनाए । २५ जना क्षमताको डोटीको बालगृहमा हाल ४७ जना राखिएको छ ।
छाउपडी प्रथाको अनुगमनमा निस्केको मन्त्रीको टोली आइतबार नै अछाम प्रस्थान गरेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest