ए मेरो हजुर ३ को गीत सार्वजनिक

Friday, March 15th, 2019

अहिले सबैले प्रतिक्षा गरिरहेको चलचित्र ए मेरो हजुर ३ को गीत आजै मात्र सार्वजनिक भएको छ । सुगम पोख्रेल र प्रविशा अधिकारीको आवाज रहेको जिन्दगीनै भन्दिन बोलको गीतमा अहिलेका लोकप्रिय कलाकार अनमोल के.सी र डेब्यु नायिका सुहाना थापालाई फिचर गरेका छन् । फिल्ममा नायक अनमोल केसी गायकको भूमिकामा छन् भने । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा अनमोलसँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । सुहाना इन्टरटेन्मेन्टको प्रस्तुती रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी छन् भने सुनिल थापाले निर्माण गरेका छन् । सुहाना निर्माता सुनिल र नायिका तथा निर्देशक झरना थापाकी छोरी हुन् । ए मेरो हजुर ३ चैत्र २९ मा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएका छन् ।

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest