ओए ! तैले त क्या प्रगती गरिछस नि यार !

Thursday, March 5th, 2020

सुन्न रीता पल्लाघरे रमेश दाइको छोराको त यो पाली अमेरिकाको डिभि परेछ नि है ? “होर ? राम्रै भयो नि बिचरा पड्छु भनेर काठमाण्डौ छिर्या थ्यो । जब गर्दै पढ्दै गर्दा पढाइ पनि तेति राम्रो भएन।“तेइ त ठुला बडा मान्छे अब उसकी आमा बाउको ठाउमा खुट्टो हुने भएन है?“उम भन्या है ओइ सुन्न पारी बिराट दाइको छोरि रिस्ताको नि अस्ट्रेलियाको भिसा लागेछ नि ! केटि ट्यालेन्ट नै थिइ ।“का हुनु अर्कै केटा सङग डिपेन्डेन्टमा जान लागेकी रे ! जे होस प्रगती राम्रै भएछ।
ओइ सुन न तल राहुलले पनि बिहे गरेछ नि है? होर उसको दाइले त गरेको छैन कति चाडो बैँस चढेको होला है आजभोलिका केटाकेटिहरुको ? ओए सुन न पारिघरे रामेको छोरोले काठमाण्डौमा घाडेरी किनेछ नि “होर राम्रै भएछ नि त आदि इत्यादी कुराहरु सामान्यरुपमा भैराखेकै हुन्छन हामी सबैको गाउँ समाज, छरछिमेक, नातागोता सबैसङग भेटघाट हुदा पनि सबैले सबैलाइ सुरुमा सन्चो बिसन्चो त्यसपछी आजभोली तपाइ के गर्दै हुनुन्छ ?छोराछोरी कत्रा भए ? के गर्दै छन आदि इत्यादिकै सेरोफेरो मा प्रश्नउत्तर गर्छन । साथिभाइ भेटघाट हुदा त झन लगभग प्राय कुराहरु हासिमजाक ख्यालठट्टा सङगै मुख्यतः प्रगतीकै बिषयमा हुन्छन।पढिरहेको साथी छन भने जागिर गरिरहेको साथिले तैले बरु बेलैमा पढेकै छस टन्न पैसो कमाउने दिन आउदै छ आफू त न राम्ररी पढ्न सकियो न पैसो कमाउन नै सकियो भन्छ भने पढिरहेको साथिको पनि तेस्तै पनि तैले त बरु पैसो कमाको छस आफ्नो त यार येतिका वर्ष सम्म पनि एक पैसो कमाउन सकेको होइन यार भन्दै पीडा पोखिराखेको हुन्छन ।वर गयो प्रगतिकै चर्चा पर गयो प्रगतिकै चर्चा,केही भयो छिमेकिले निःशुल्क प्रचार प्रसार गर्दिन्छन,साथिसर्कल भेट्यो प्रगतिकै कुरा हुन्छ शिक्षक भेट्यो तेहि ।
मानब बिकाशको सुरुवाती कालखण्ड भन्दा पहिले मानव बिकाश हुन लागेको समय,विभिन्न जान अञ्जान प्रयोग अथवा दुर्भाग्यता आदि कुराहरु पनि प्रगतीको कुरा गर्नुभन्दा पहिले गर्नुपर्ने कुराहरु हुन।हुनत सामान्य रुपमा हेर्नेहो भने पनि प्रगतिको सहि र पर्ण परिभषा अथ्र्याउन निकै गाह्रो होला।यदपी यसको परिभाषा भन्दापनी बैयक्तिक प्रयोगबाट अझ प्रस्ट हुन सकिएला कि ?किनकि यो नितान्त ब्याक्तिगत सोच ,बिचार,अबधारणामा आधारित रहेको हुन्छ।हामिले आवलम्बन गरिरहेको जीबनशैली,पारिवारिक सस्कार तथा वाताबरण,ब्याक्तिको सोचनिय शक्ती,प्राप्त बाहिरी सहयोग,दैनिकी, वरपरको वातावरण,समाज अनि देशको अबस्था आदि इत्यादिले धेरै फरक पार्दछ।सामान्यत प्रगती भन्ने कुरा निरन्तर अनन्त रुपमा अघि बढिरहने कुरा पनि हो। हाम्रो समाजमा अहिले पनि बच्चा जन्मिसकेपछी हुर्काउने आबश्यक शिक्षा दिने त्यसपछी कुनै ठाउमा स्थायित्व रुपमा जागिर खाइदिए एकदम राम्रो प्रगती भन्ने मानसिकता बिद्यमान छ।
१. समय
भनिन्छ संसारको सबैभन्दा ठूलो र अमुल्य चिज भनेको समय हो तथापी यो ब्यक्तिगत सोचमा निर्भर पनि होला ।तर यो धु्रबसत्य कुरा हो कि संसारका सबै कुरा बिकसित तथा बिस्तारित हुन निश्चित समय लागेकै हुन्छ ।मानव बिकासको सुरुवाती कालखण्डदेखी अहिलेको यो अबस्था सम्म आइपुग्न यतिका समय लाग्यो ।र अहिलेको भन्दा अझ बिकाश हुन पक्कै पनि समय लाग्ने नै छ।भनिन्छ समयभन्दा पहिले र भाग्य भन्दा बढि यहाँ कसैले पाउदैन ।हामी ब्यबहारिक रुपमा पनि समयले निकै ठूलो भुमिका निर्भाह गरेको हुन्छ।हरेक कुराको समय आउँछ समय अनुसार चल्न सकियो भने सबैलाई फाइदा हुने देखिन्छ ।
२.पारिवारिक संस्कार तथा वातावरण
कुनैपनी ब्याक्ती जुन घरमा जन्मन्छ त्यो घरमा जस्तो पारिवारिक संस्कार तथा वातावरण छ उसले तेहि अनुसारको संस्कार ग्रहण गर्छ ।अन्ततःउसको प्राय क्रियाकलाप ,बोली ब्यबहार आदि संस्कार अनुसार नै प्रस्फुटन भएका हुन्छन।परिवारले के कुरा सिकाउन खोजिरहेको छ वा के आशा गर्दछ अथवा के कुरालाइ बढी महत्व दिन्छ त्यो अनुशार ब्याक्ती निर्देशित हुन्छ ।अन्ततःउसले तेहि अनुसार काम र नतिजा प्राप्त गर्दै जान्छ।
३.ब्यक्तिको सोचनिय क्षमता
हरेक मानिसको बराबर सिक्ने क्षमता नहुन सक्छ तर यो चाहिँ सत्य होकि हरेक मानिसले सिक्न चाहिँ अबश्य सक्छ।त्यसकारण प्रगती भन्ने कुरा कुनै पनि ब्याक्तिले कुन कुरालाइ कसरी लिएर कस्तो प्रतिकृया वा कुन कुरालाइ कस्तो रुपमा लिएर अगाडि बड्छ भन्ने पनि महत्वपूर्ण हुन्छ ।मानिसले काम गर्न सक्ने भनेको नै आफ्नो क्षमता अनुसार हो जस्ले जति सम्म सोच्न सक्छ तेति नै गर्ने हो।
मानिस आफैमा संसारको उत्कृस्ट प्राणी हो ।हरेक मान्छेको जीवन जिउने आफ्नै तरिका हुन्छ।हरेक मानिसले हरेक कुरालाइ लिने आ आफ्नै क्षमता हुन्छ।हरेक मानिसले आफुलाइ महत्व दिएर अगाडि बड्यो भने आज नहोला भोलि नहोला एकदिन अबश्य हुन्छ।मात्र आफुमा दृढ आत्म विश्वास हुनुपर्यो।एकहिसाबले हेर्ने हो भने हामी यो धर्तिमा जन्म लिएर आउन पाउनु नै सबै भन्दा ठूलो सफलता हो अन्य प्रगती भन्ने कुरा त क्रमिक रुपमा अगि बड्ने कुरा हरु हो।फेरि ठ्याक्कै क्यालकुलेट गर्नको लागि त जिन्दगी क्यालकुलेटर पनि त होइन नि २×ं२=४ निक्लनको लागी?
४.प्राप्त बाहिरी सहयोग
हामी बेला बेलामा कसैको अनपेक्षित प्रगती देखेर अचम्म परेका हुन्छौ नि ।यस्तो मान्छेको यत्रो प्रगती कसरी भयो?
कतै यसले चोरेर ल्यायो कि कतै चिठा पर्यो कि ? आदि इत्यादी कुराकानी गाइगुइ चलेकै हुन्छ। ठ्याक्कै प्रगतीमा आफ्नो जति मेहनत,परिश्रम,लगानी आदि रहेको हुन्छ त्यसमा तेतिनै बाहिरी सहयोगी र शुभ चिन्तकको पनि हात हुन्छ जिन्दगी हो चल्छ चलिरहेकै हुन्छ चलिरहदा बिच बिचमा विभिन्न उतारचढाव हरु आइरहेका हुन्छन।उक्त अबस्थामा सहि सल्लाह दिने शुभ चिन्तक हरुको आबश्यक पर्छ।बाहिरी सहयोगले कुनैपनि व्याक्तीको प्रगतिमा अहम भुमिका निर्वाह गरेको हुन्छ ।
५.देशको बर्तमान अबस्था
हामी सोच्छौ म सङ्ग यस्तो भा त “म यस्तो हुन पा त“ यो एउटा काल्पनिक कुरा भयो तर वास्तविक धरातलमा उभिएर हेर्ने हो भने जुन देश आर्थिक,सामाजिक,राजनितिक आदि पक्ष बाट सम्पन्नशाली हुन्छ त्यो देशका मानिसहरुको चौतर्फी प्रगती अबस्य पनि हुन्छ यो सामान्य पनि हो कि देशको हरेक वातावरणिय पक्ष अनुकुल हुन्छ।र जुन देश अबिकशित हुन्छ त्यो देशका नागरिकहरुको जीवनस्तर पनि अब्यबस्थित हुन्छ ।मुलतः देशको अबस्थाले धेरैकुराकोेमापन गर्छ।
मानबबिकाशको सुरुवाती कालखण्ड देखि बर्तमान अबस्था सम्म आइपुग्न लागेको समय र समयसगै भएका (अपबाद बाहेकका) परिवर्तनहरुलाइ हेर्दा जे जति पनि काम क्रियाकलाप हरु भए जान अन्जान गरिएका बिभिन्न प्रयोग र प्रयोगद्वारा निस्काशीत नतिजाहरुले पनि भन्छ कि विश्व दिन दुई गुणा रात चौगुणा अनवरत रुपमा गतिशिल तवरले प्रगती पथमा लम्किरहेको छ र लम्कीनै रहन्छ।तर विश्वको औसत भन्दापनि कुनै एक देश,देश भित्रको प्रदेश, प्रदेश भित्रको जिल्ला,जिल्ला भित्रको गाँउ ,गाँउ भित्रको टोल,टोल भित्रको एउटा परिवारलाई हेर्ने हो भने बहस त्यहाबाट सुरु हुन्छ कि कुन ब्याक्तिले के, कति,कस्तो प्रगती गर्यो भनेर । अनि सुरु हुन्छ एक अर्का बिचको तुलना फलानोले यति प्रगती गर्यो,यो यस्तो ,त्यो तेस्तो आदि इत्यादी अनि सुरु हुन्छ लोभ ,प्रलोभ,इच्छा महत्वाकांक्षा अनि मानिस मनोविज्ञानको रोगी हुन पुग्छ ।अझ नेपालको परिवेशलाई हेर्ने हो भने जस्ले धेरै पैसा कमाउछ उसको धेरै प्रगती भएको मान्ने गरिन्छ चाहे उसले जे गरेर कमाओस जो सङग टन्न पैसा छ उ नै सर्बशक्तिमान हुन्छ “बस पैसा कमाए सबैभन्दा गन्ने मान्ने होइन भने थाङ्ने ”उ कस्तो मान्छे हो? उसले गर्न खोजेको के हो? उ कुन बाटोमा हिडिरहेको छ ? भन्ने कुरा सङग खासै मतलब राखिदैन अनि समाजमा सुरु हुन्छ कस्ले धेरै पैसा कमाउने प्रतिस्पर्धा व्यााक्ती व्याक्ती बिचको आपसी तुलना अनि मानिस बन्छ लोभी,स्वार्थी, मतलबी अनि विभिन्न शारीरिक तथा मानसिक रोगको शिकार हुन पुग्छ।मतलब पैसा केही पनि होइन वा पैसा कमाउने जति गलत भन्न खोजिएको होइन समाज पुरै भौतिक सुख पैसामुखी भैरहेकोमा अलि फरक मतभेद मात्रै हो ।पैसा साध्य नभएर शाधन हो यसलाइ मानिसले प्रयोग गर्नु पर्छ तर ठिक उल्टो चलिराखेको छ ।विश्वब्यापी आकडा हेर्ने हो भने २६४ लाख ब्याक्ती डिप्रेसनको सिकार भएका छन भने बर्से्नि ८ लाख मानिस डिप्रेसनको कारणले आत्महत्या गरिरहेका छन ।त्यस्तै बिशेषगरि नेपालजस्तो कम बिकसित मुलुकका १५ देखि २९ बर्ष उमेरसमुहका ७६ देखि ८५ प्रतिशत डिप्रेसनको सिकार हुने गरेको तथ्यांक विश्व स्वास्थ सङगठन (डब्लु.एच.ओ. )ले सार्बजनिक गरेको छ।यो अवस्था निरन्तर बढ्दै गएमा भयावह स्थिती नआउला भन्न सकिँदैन ।हाम्रै चुलो चौको बाट सुरु गराइएको एक अर्काबिचको तुलनाको कारणले भएको यो अबस्था भोलि हामी कसै पनि यसको हिस्सेदार नबनिएला भन्न सकिँदैन।
सुरुमा त हामी हरेकको सोचाइ परिवर्तन गर्न जरुरी छ कि हामि प्रत्यक आ आफ्नै भिन्न भिन्नै गुण विशेषता क्षमताका साथ यो धर्तिमा अस्थित्वमा छौ । आफ्नो अर्थमा बुज्नु पर्यो कि प्रगती के लाई मान्ने भन्ने कुरा।भनिन्छ पृथ्वी गोलो छ एक न एक दिन सबैको पालो आउँछ “आफ्नो उदेश्य के हो ?आफू कुन बाटोमा छु? आफुले गर्न चाहेको के हो?आफू कुन काम वा कुरा गर्दा खुसी हुन्छु ?आदि कुरा आफैले बुझ्न सकियो आफुले आफुलाइ नै चिनेर सहि मार्गमा हिड्न सक्नु ,आफू खुसिका साथ जिबनयापन गर्नु,आफ्नो तरिकाले आफ्नो लागि जस्ले पनि जीबिकोपार्जन गरेकै हुन्छ तर हामी मानिस त सामाजिक प्राणी हौ नि आफ्नो सङगै परिवार ,समाज, देशका साथै बिश्वकै सर्बोपरी हितहुने सोच र सोचका साथै तदनुसारको काम नै खास प्रगती होला कि?

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest