कञ्चनपुरका महिलाहरु कालो सारीमा तीज मनाउदै

Wednesday, September 12th, 2018

रघुनाथ पुजारा,
महेन्द्रनगर ः देशभरि हिन्दु महिलाहरूले आज हरितालिका तीज पर्व मनाइरहेका छन । तीजमा वर्त बसेका महिलाहरू विभिन्न शिव मन्दिरमा पुजाआजामा वयास्त छन ।भने रातो सारीमा सजिएर नाचगानमा समेत व्यास्थ छन । अझ पछीललो समय रातो सारी तीजको परिचयजस्तै भएको छ ।
तर कञ्चनपुरको भीमदत्तनगरपालिका केही महिलाले भने रातोको साटो कालो सारी लगाएर तीज मनाएका छन ।डेढ महिनाअघि बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको निम्ति उनीहरूले कालो सारीमा तीज मनाएका हुन्। उनीहरूले निर्मलाका हत्यारालाई तुरून्त पक्राउ गर्न माग गरेका छन्।साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो ।
सो घटनामा को संलग्न थियो भन्ने कुरा अझै रहस्यमय छ ।प्रहरीले मुख्यअभियुक्त भनेर पक्राउ गरेका दीलिपसिंह बिष्ट डिएनए नमिलेपछि मंगलबार रिहा भएका छन ।कालो सारीमा तीज मनाएका महिलाले बलात्कारीलाई फाँसी दिने व्यवस्था गर्न संविधान संशोधन गर्न पनि माग गरेका छन ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest